Sunday , 22 October 2017
Home / देश / ‘संसदको विशेषाधिकार हनन् भयो’,सभामुख

‘संसदको विशेषाधिकार हनन् भयो’,सभामुख

२४ वैशाख २०७४ / खगेन्द्र खरेल ।
सभामुख ओनसरी घर्तीले संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव छलफलका लागि रोक लगाउँदै सर्वोच्च अदालतले विशेषाधिकार हनन् गरेको आरोप लगाउनु भएको छ । जेठ ४ गतेसम्मका लागि संसद बैठक स्थगित गरेपछि पत्रकार सम्मेलन गर्दै घर्तीले राज्यका सबै अंगहरु आफ्नो सीमाभित्र बस्नुपर्ने बताउनु भयो।

राज्यका प्रमुख निकायबीच टकराव हुँदा लोकतन्त्रलाई संस्थागत गर्न र आसन्न निर्वाचनलाई असर पार्ने उहाको भनाइ छ । आपसी वार्ता, छलफल र सम्वाद मार्फत् ४ गते समस्या समाधान गर्न जेठ ४ गते सम्मका लागि संसद स्थगित गरेको उहाले बताउनु भयो ।

लिखित मन्तव्य पढेपछि पत्रकारको एउटामात्रै जवाफ दिएर बाहिरिएकी सभामुखले ‘मुलुक गम्भीर परिस्थितिमा रहेकाले’ वार्ता मार्फत समाधान खोज्नु पर्नेमा जोड दिनु भयो ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *