Sunday , 24 September 2017
Home / देश / गच्छदार उपप्रधानमन्त्रीमा नियुक्त,फोरम लोकतान्त्रिक बाट थप दुइ मन्त्रि

गच्छदार उपप्रधानमन्त्रीमा नियुक्त,फोरम लोकतान्त्रिक बाट थप दुइ मन्त्रि

२५ वैशाख,२०७४ / खगेन्द्र खरेल ।
विजय गच्छेदारको पार्टी फोरम लोकतान्त्रिक एक उपप्रधानमन्त्री दुइ मन्त्रि सहित सरकारमा सामेल भएको छ । गच्छदार स्वयम् उपप्रधानमन्त्रीमा नियुक्त हुनुभएको छ भने उहाको पार्टी बाट जितेन्द्र देव र गोपाल दहित मन्त्री बनेका छन् । देवले पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र दहितले भूमि सुधार मन्त्रालयको जिम्मेवारी पाएका छन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त उपप्रधानमन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा सोमबार साँझ आयोजित समारोहमा प्रधानमन्त्री पुष्पकमल दाहालको उपस्थितिमा उहा हरुलाई शपथ गराइएको हो । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख ओनसरी घर्ती, मन्त्रिगण, नेपाल सरकारका सचिव, सुरक्षा निकायका प्रमुख तथा उच्च सरकारी अधिकारीको उपस्थिति थियो ।

गच्छदारको प्रवेशसँगै सरकारलाई बहुमत गुम्ने खतरा टरेको छ । सत्तारूढ कांग्रेस र माओवादी केन्द्रले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता गरेकामा असन्तुष्टि जनाउँदै एक साताअघि राप्रपा सरकारबाट बाहिरिएको थियो । राप्रपाका मन्त्रीहरूको राजीनामा फोरम लोकतान्त्रिक सरकारमा जाने टुंगो लागेपछि सोमबारमात्रै स्वीकृत भएको थियो।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *