Sunday , 24 September 2017
Home / देश / ‘वान बेल्ट वान रोड’मा हस्ताक्षर गर्ने सरकारको निर्णय

‘वान बेल्ट वान रोड’मा हस्ताक्षर गर्ने सरकारको निर्णय

वैशाख २५,२०७४ / खगेन्द्र खरेल ।
नेपालले चीन सरकारले अघि सारेको ‘वान बेल्ट वान रोड (ओबीओर) परियोजनामा हस्ताक्षर गर्ने भएको छ । मन्त्रिपरिषदको सोमबार बसेको बैठकले चीनबाट नेपाल–भारत हुँदै युरोप जोड्ने उक्त सडक परियोजनामा हस्ताक्षर गर्नेे निर्णय गरेको हो ।

बैठकले त्यसका लागि उपप्रधान एवं अर्थमन्त्री कृष्णबहादुर महरा नेतृत्वको टोलीलाई चीन पठाउने निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले जानकारी दिनुभयो । ‘यही वैशाख २९ गते उपप्रधानमन्त्री नेतृत्वको उच्चस्तरीय प्रतिनिधिमन्डल चीन जाने निर्णय भएको छ । प्रतिनिधिमन्डलले वान बेल्ट वान रोडको एमओयूमा हस्ताक्षर गर्नेछ । चीनले मे १४ र १५ मा ओबीओआर शिखर सम्मेलन गर्दैछ, जहाँ नेपाललाई पनि निम्तो दिइएको छ । चिनियाँ राष्ट्रपति सी जिनपिङले सन् २०१३ मा यो अवधारणा अघि सार्नु भएको थियो ।

बैठकले वैशाख २९ गतेदेखि थाइल्यान्ड र श्रीलंकाका लागि हुने राष्ट्रपति विद्यादेवी भण्डारीको राजकीय भ्रमणलाई स्वीकृति दिने निर्णय पनि गरेको छ । यस्तै, मन्त्रिपरिषदको सोमबारको बैठकले काठमाडौं उपत्यकाको चारैओटै नाकामा नयाँ व्यवस्थित सहर निर्माण गर्ने निर्णय पनि गरेको छ । उपत्यकामा बढ्दो चाप घटाइ व्यवस्थित बसोबासका लागि नयाँ सहर निर्माणको निर्णय गरिएको जनाइएको छ । बैठकले सुनसरी, मोरङ र ताप्लेजुङमा मृत्यु भएका सातजनालाई सहिद घोषणा गर्ने निर्णय पनि गरेको छ ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *