Tuesday , 19 September 2017
Home / देश / पहिलो चरणको निर्बाचन पछि संबिधान संसोधन प्रक्रिया अघि बढाउने सत्ता पक्षको तयारी

पहिलो चरणको निर्बाचन पछि संबिधान संसोधन प्रक्रिया अघि बढाउने सत्ता पक्षको तयारी

२६ बैशाख २०७४ / खगेन्द्र खरेल ।
सत्तारुढ दलहरुले संविधान संशोधन प्रस्तावलाई स्थानीय तह पहिलो चरणको निर्वाचन पछि प्रक्रियामा लैजाने बताएका छन् । मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा प्रमुख तीन दल र संघीय गठबन्धनबीच भएको छलफलमा आगामी संसद् बैठकमा संशोधन विधेयक प्रक्रियामा लैजाने समझदारी बनेको हो । संसद बैठक जेठ ४ गते बोलाइएको छ । गत वैशाख १७ गते नै प्रक्रियामा लैजाने तयारी भए पनि राप्रपाका केही सांसदहरु गायब भएपछि रोकिएको सत्तापक्ष नेताहरुले गठबन्धनलाई प्रस्ट पारेका थिए । तर, संघीय गठबन्धनका नेताहरुले भने सरकार र आफूहरुसँग भएको सहमति तोडेर सरकारले धोका दिएको आरोप लगाएका थिए ।

सत्तारुढ दल नेपाली कांग्रेस, माओवादी केन्द्र, प्रमुख प्रतिपक्षी नेकपा एमाले र राजपाका नेताहरु सहभागी बैठकमा संविधान संशोधन विद्ययेक, दोस्रो चरणको स्थानीय तहको निर्वाचन र मधेसमा स्थानीय तहको संख्या थपबारे कुराकानी भएको प्रधानमन्त्री सचिवालयले जनाएको छ। बैठकमा प्रधानमन्त्रीले संविधान संशोधन विद्येयक पारित गराउन सरकारको तर्फबाट पहल भइरहेको जानकारी दिँदै स्थानीय तहको निर्वाचन सफल बनाउन दलहरु थप एकताबद्ध हुनुपर्ने बताउनु भएको थियो ।

बैठकमा राजपाका नेताहरुले संविधान संशोधन विद्येयक पारित गरेर निर्वाचनमा सहभागी हुने वातावरण बनाउन आग्रह गरेका थिए। प्रमुख तीन राजनीतिक दलका नेताहरुले भने राजनीतिक सहमतिका आधारमा संविधान संशोधन गरेर संघीय गठबन्धनमा आबद्ध दलहरुलाई पनि निर्वाचनमा ल्याउन आफूहरुले थप छलफल गर्ने बताएका थिए ।

बैठकमा प्रधानमन्त्री दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष वामदेव गौतम, उपनेता सुवासचन्द्र नेम्वाङ, गृहमन्त्री विमलेन्द्र निधि, राजपाका नेताहरु महन्थ ठाकुर, राजेन्द्र महतो, अनिल झा लगायतका शीर्ष नेताहरु उपस्थित थिए ।
गठबन्धनले आगामी रणनीति तय गर्न मंगलबार दिउँसो बिजुली बजारमा बैठक बोलाएको छ ।

 

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *