Sunday , 22 October 2017
Home / देश / लिड बल्ब खरिदमा कुनै अनियमितता नभएको कुलमान घिसिङको भनाइ

लिड बल्ब खरिदमा कुनै अनियमितता नभएको कुलमान घिसिङको भनाइ

२६ बैशाख २०७४ / खगेन्द्र खरेल ।
नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लिड बल्ब खरिद प्रक्रिया सार्वजनिक खरिद कानुनमै भएको व्यवस्था अनुसार नै अगाडी बढाइएकोले कुनै अनियमिता नभएको बताउनु भएको छ ।

घिसिङले विद्युत प्राधिकरणमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै लिड बल्ब खरिद प्रक्रियामा कुनै प्रकारको अनियमितता नभएको दाबी गर्नु भएको हो। अत्यन्त भावुक शैलीमा प्रस्तुत हुनु भएका घिसिङले लिड बल्बको खरिदमा लोडसेडिङ अन्त्य गरी मुलुकलाई उज्यालो बनाउने पवित्र उद्देश्यबाहेक अरु कुनै व्यक्तिगत स्वार्थ नलुकेको बताउनु भयो।

उहाका अनुसार विद्युत लोड व्यवस्थापनका लागि नेपाल र भारतका उर्जा सचिवस्तरीय संयन्त्रले विभिन्न मितिमा गरेका निर्णय अनुसार दुई मुलुकबीचका सरकारी तहबाटै (जिटुजि) लिड बल्ब खरिद बिक्री प्रक्रिया अघि बढाइएको हो । सार्वजनिक खरिद ऐन २०६३ (पहिलो संसोधन २०७३) को दफा ४१ (घ२)मा अन्तर्राष्ट्रिय अन्तरसरकारी संस्थासँग सो संस्थाले तोकेको दररेटमा मालसामान वा सेवा खरिद गर्नु परेमा सोझै खरिद गर्न सकिने’ व्यवस्था छ । टेण्डर गर्दा कम्तिमा १ वर्ष समय लाग्ने र गुणस्तरीय बल्ब आउने सम्भावना कम रहेको अवस्था देखिएपछि नै खरिद कानुनमा रहेको व्यवस्थालाई टेकेर सरकार–सरकार तहबाट गुणस्तरीय बल्ब सोझै खरिद गर्न लागिएको उहाको दाबी थियो ।

एलईडी बल्ब खरिद प्रक्रियामा अनियमिताको आरोप लगाउदै आफ्नो चरित्र हत्या गर्ने प्रयास भएको भन्दै उहाले दुःख लागेको बताउनु भयो। भारत सरकारसँग सहमति गरेर १३५/१४० रुपैयाँमा बल्ब ल्याउन लागेको भन्दै घिसिङले यदि कसैले सक्छ भने १५० रुपैयाँमा ल्याउन चुनौती दिनुभयो । कुनै व्यापारीले १५० रुपैयाँमै गुणस्तरीय बल्ब ल्याएमा विद्युत प्राधिकरणका २ सय वटै ग्राहक सेवा केन्द्रबाट वितरणको व्यवस्था मिलाउने घिसिङले बताउनु भयो।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *