Thursday , 19 October 2017
Home / देश / दोस्रो चरणको निर्वाचन निर्धारित मिति जेठ ३१ मै, प्रमुख निर्वाचन आयुक्त यादव

दोस्रो चरणको निर्वाचन निर्धारित मिति जेठ ३१ मै, प्रमुख निर्वाचन आयुक्त यादव

२७ बैशाख २०७४ / खगेन्द्र खरेल ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दोस्रो चरणको निर्वाचन निर्धारित मिति जेठ ३१ मै हुने बताउनु भएको छ । निर्धारित मितिलाई तल माथि गर्न थाल्दा आयोगले तयारी गर्न नभ्याउने उहाको भनाइ थियो।

रिपोटर्स क्लब नेपालको साक्षात्कारमा उहाले विभिन्न शङ्का आशङ्काबीच पनि निर्वाचन प्रतिको सबैको सकारात्मक सोचबाट आज  यहाँसम्म आइपुग्न सफल भएको बताउनुभयो । स्थानीय तहको २० वर्षपछि हुन लागेको निर्वाचनमा आम मतदाताको सहभागिता होस्, कोही मतदाता नछुटुन्, सदर मतको सङ्ख्या बढोस्, बदर मत प्रतिशत घटाउन सकियोस् भन्ने दृष्टिकोणबाट आयोगले यसपटक निर्वाचन शिक्षालाई जोड दिइरहेको प्रमुख निर्वाचन आयुक्त डा यादवले बताउनु भयो।

निर्वाचन कानुनमा व्यवस्था भएअनुसार मतदान सकिएर मतपेटिका सङ्कलन भएपछि मतगणना सुरु गरिने बताउदै उहाले संवैधानिक प्रक्रिया अनुसार नियमित रुपमा आउने सरकारको वार्षिक नीति तथा कार्यक्रम र बजेट निर्वाचन आचारसंहिता अनुकूल हुनुपर्ने उल्लेख गर्नु भयो।

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *