Sunday , 22 October 2017
Home / खेलकुद / रियल म्याड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा,जुभेन्ट्स सग उपाधि भिडन्त

रियल म्याड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा,जुभेन्ट्स सग उपाधि भिडन्त

२८ बैशाख २०७४ / खगेन्द्र खरेल ।
रियल म्याड्रिड च्याम्पियन्स लिग फुटबलको फाइनलमा प्रबेस गरेको छ । सेमी फाइनलको दोस्रो लेगमा बुधबार राति एथलेटिको म्याड्रिड सग २-१ ले पराजित भए पनि समग्रमा ४-२ को जित निकाल्दै रियलले अन्तिम दुइमा स्थान सुरक्षित गरेको हो ।

घरेलु टोलि एथलेटिको म्याड्रिडले सुरुवातको १६ औ मिनटमा दुइ सुन्यले अग्रता लिएपछि रियल माथि दबाब बढेको थियो तर पहिलो हाफको ३ मिनट अघि रियलका इस्कोले गोल गरेर स्कोर दुइ एकमा झारेपछि भिसेन्ट कालडेरो स्टेडियममा उपस्थित ५० हजार हजार घरेलु दर्शक निरास बनेका थिए । त्यसपछि एथलेटिको म्याड्रिडलाइ फाइनलमा स्थान बनाउन थप ३ गोल को जरुरत पर्थ्यो ।

खेलको १२औ मिनटमा साउल निगुएजले गोल गरेर एथलेटिको लाइ अग्रता दिलाएका थिए त्यसको ४ मिनट पछि पाएको पेनाल्टीलाइ एन्टोनी ग्रिजम्यानले सदुपयोग गर्दा टोलि दुइ सुन्यले अघि हुदा केहि आस जगाए पनि त्यस पछि सबै प्रयास रियलले असफल परेको थियो ।

यूरोपको सर्बाधिक प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिग फुटबलको उपाधिको लागि अब रियल म्याड्रिड र इटालीको जुभेन्ट्स आमने सामने हुनेछन । फाइनल आगामी जुन ३ तारिक कार्डिफमा हुनेछ ।

Check Also

च्याम्पियन्स लिग फुटबल:रियल मड्रिड बराबरीमा रोकियो, म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

  कात्तिक १ / खगेन्द्र खरेल युरोपको सर्बाधिक लोकप्रिय प्रतियोगिता च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *