Tuesday , 17 October 2017
Home / देश / सरकारले आतंक सृजना गरेर निर्बाचनको माहोल बिगार्न खोजेको ओलीको भनाइ

सरकारले आतंक सृजना गरेर निर्बाचनको माहोल बिगार्न खोजेको ओलीको भनाइ

२७ बैशाख २०७४ / खगेन्द्र खरेल ।
नेकपा एमालेका अध्यक्ष के पी ओलीले बर्तमान सरकार आतंक सृजना गरेर निर्बाचनको माहोल बिगार्न लागि परेको आरोप लगाउनु भएको छ । उहाले सरकार माथि चुनावमा धाँदली गर्न खोजेको आरोप समेत लगाउनु भएको छ। साथै निर्बाचन आचार संहिता समेत सरकारले उलंघन गरेको तथा त्यसलाई निर्बाचन आयोगले रोक्न नसकेको बताउनु भयो ।

फाइल फोटो

बुधबार राजधानीमा आयोजित कार्यक्रममा एमाले अध्यक्ष ओलीले चुनाव दुई चरणमा गर्ने निर्णयसँगै सरकारले धाँदलीको श्रृखला सुरु गरेको आरोप लगाउनु भयो।
सरकारले गरेका कतिपय निर्णय आचार संहिता विपरित भएकाले निर्बाचन आयोगले बदर गरिएको छ भन्न सक्नु पर्ने उहाको भनाइ थियो। सत्तारुढ दलबाटै एमालेका कार्यकर्ता माथि हमला भएको र, प्रहरीले निश्पक्ष भूमिका खेल्न नसकेको उहाले बताउनु भयो। दोलखामा माओवादीको ‘आपराधिक गिरोह’ले आफ्ना कार्यकर्तामाथि आक्रमण गरेको आरोप लगाउँदै उहाले यो योजनाबद्ध भएको उल्लेख गर्नु भयो ।

दोलखाको जुँगुमा एमाले कार्यकर्तामाथि आक्रमण भएको  थियो । राति होटलमा खाना खाइरहेको बेला खुकुरी, भालासहितको आक्रमणमा परी एमालेका उम्मेदरवारका छोरा अन्दाजी ३३ वर्षका कुलबहादुर तामाङको मृत्यु भएको छ । जुंगुमा माओवादी आक्रमणमा परी गम्भीर घाइते भएका शिक्षक दिलबहादुर बुढाथोकीलाई महाराजगंजस्थित शिक्षण अस्पताल ल्याई उपचार गरिएको छ । घाइतेको अवस्था बुझन एमाले महासचिव ईश्वर पोखरेल, सचिव प्रदीप ज्ञवाली एमालेका अन्य नेता, कार्यकर्ता बुधबार दिउँसो अस्पताल पुगेका थिए ।

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *