Tuesday , 17 October 2017
Home / देश / चुनाव प्रचारको अन्तिम दिन ठुला दलका शिर्ष नेता चितवनमा,देउवा र दाहालको संयुक्त सभा,एमालेको प्रचारमा ओली

चुनाव प्रचारको अन्तिम दिन ठुला दलका शिर्ष नेता चितवनमा,देउवा र दाहालको संयुक्त सभा,एमालेको प्रचारमा ओली

२८ बैशाख २०७४ / खगेन्द्र खरेल ।
चुनाव प्रचारको अन्तिम दिन नेपाली कांग्रेस र माओबादी केन्द्रका शिर्ष नेतृत्वले कठोर निर्णय लिएर स्थानीय तहको चुनावमा तालमेल गरेको बताएका छन् । चितवनको भरतपुरमा आयोजित कांग्रेस-माओवादीको संयुक्त चुनावी सभालाई सम्बोधन गर्ने क्रममा प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्ड र कांग्रेस सभापति शेर बहादुर देउवाले उक्त कुरा बताउनु भएको हो।

सम्बोधनको क्रममा प्रधानमन्त्रीले कांग्रेस सभापति एवं भावी प्रधानमन्त्री भनेर शेर बहादुर देउवालाई सम्बोधन गर्दा कार्यक्रममा उपस्थित दर्शकले ताली बजाएर समर्थन जनाएका थिए । चुनावले गर्दा राष्ट्र एकताबद्ध भएको तथा जनतामा उत्साह थप्ने काम गरेको भन्दै प्रधानमन्त्रीले रेणु दाहाल प्रचण्ड पुत्री मात्र नभई आफ्नो मेहनतले गर्दा महानगर पालिकाको मेयरमा उमेद्वारी दिएकोले भारी मतले जिताउन आग्रह गर्नुभयो ।

कार्यक्रममा कांग्रेस सभापति शेरबहादुर देउवाले अहिलेको संयुक्त सरकारले स्थानीय तहको निर्वाचन मात्र नभई संघीय र प्रान्तीय चुनाव पनि गराउने बताउनुभयो । उहाले पहाड र मधेसलाई झगडा गराउने तत्वबाट सर्तक रहन कार्यकर्तालाई आग्रह गर्नुभयो । पोखरामा माओवादीले मेयरमा हामीलाई सघाएको छ, भरतपुरमा माओवादीलाई सहयोग गर्नुस् देउवाको कार्यकर्ता लाइ निर्देशन थियो । दुवै मेयर उप मेयर उम्मेद्वार महिला भएकाले सहयोग गर्नुपर्ने उहाले बताउनुभयो । कांग्रेसबाट उपमेयरमा पार्वती शाह उमेद्वार हुनुहुन्छ।

त्यस्तै एमाले अध्यक्ष के पी ओलीले पनि चितवनका विभिन्न स्थानमा भएका चुनावी सभालाइ सम्बोधन गर्नु भएको छ । चुनावी सभालाई सम्बोधन गर्दै एमाले अध्यक्ष केपी ओलीले देशको विकास गराउन चाहेमा पैसाको खाँचो नहुने दाबी गर्नु भएको छ । उहाले चितवनको विकासका लागि एमालेसँग योजनाहरु रहेको उल्लेख गर्नु भएको छ । भरतपुरमा मेट्रो चलाउनेदेखि स्मार्ट सीटी बनाउने, पर्यटन हव बनाउनेसम्मको कुरा उहाले उठाउनु भयो ।

फाइल फोटो

प्रचारका क्रममा आक्रामक हुनुभएका ओलीले जनयुद्धको नाममा जनताका छोराछोरी मार्न लगाएका ‘प्रचण्ड’ अहिले आफ्नी छोरीलाई मेयर बनाउन लागिपरेको आरोप लगाउनु भएको थियो । सत्ता गठबन्धनका नाममा शेर बहादुर देउवाले कांग्रेसलाई बन्धकी बनाएको ओलीको टिप्पणी थियो ।

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *