Tuesday , 17 October 2017
Home / देश / राष्ट्रपति भण्डारी विदेश प्रस्थान,थाइल्याण्ड र श्रीलंका जाने

राष्ट्रपति भण्डारी विदेश प्रस्थान,थाइल्याण्ड र श्रीलंका जाने

२९ बैशाख २०७४ / खगेन्द्र खरेल।
राष्ट्रपति विद्या भण्डारी शुक्रबार बिहान दुइ देशको पाँच दिने औपचारिक भ्रमणका लागि थाइल्यान्ड प्रस्थान गर्नु भएको छ । उहा थाइल्याण्ड र श्रीलंका जानु हुनेछ । शुक्रबार थाइल्यान्ड बस्नु हुनेछ । शनिबार बिहान उहा श्रीलंका पुग्नु हुनेछ । उहाले थाइल्यान्डका राजासँग बैंककमा भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । थाइल्यान्डमा राष्ट्रपति भण्डारीले बैंककको ग्रान्ड प्यालेसमा राखिएको स्वर्गीय थाई राजा भूमिबल अदुल्यादेजको पार्थिव शरीरमा श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम छ । गत असोजमा राजाको निधन भएको थियो । मृत राजाको आगामी कात्तिकमा अन्त्येष्टि हुने भएको छ ।

राष्ट्रपति भण्डारी बुद्धजयन्तीको अवसरमा श्रीलंकाको क्याण्डीमा आयोजित विशेष सम्मेलनको समापन समारोहमा प्रमुख अतिथिको रुपमा सहभागी हुने कार्यक्रम छ । सवारी मन्त्रीको रुपमा सामान्य प्रशासन मन्त्री केशवकुमार बुढाथोकी पनि राष्ट्रपति भण्डारीसँगै त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।  श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाको औपचारिक निमन्त्रणामा उहा श्रीलङ्का जानु भएको हो।श्रीलंकाको क्यान्डी सहरमा आयोजना हुने उक्त कार्यक्रममा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विश्वका उच्च नेताहरू सहभागी हुने कार्यक्रम छ । मोदी श्रीलंका पुगी सक्नु भएको छ ।

राष्ट्रपति भण्डारीलाई बिदाइ गर्न उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख ओनसरी घर्तीलगायत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए । राष्ट्रपति भण्डारीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा नेपाली सेनाको टुकडीले सलामी अर्पण गरेको थियो ।

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *