Sunday , 24 September 2017
Home / देश / अपडेट-स्थानीय तह पहिलो चरणको मतदान जारी, विभिन्न दलका नेताहरु द्वारा मतदान (फोटो )

अपडेट-स्थानीय तह पहिलो चरणको मतदान जारी, विभिन्न दलका नेताहरु द्वारा मतदान (फोटो )

३१ बैशाख २०७४ ,बिस बर्ष पछि हुन गैरहेको  स्थानीय तह पहिलो चरणको मतदान जारी रहेको छ्। स्थानीय तह निर्वाचनममा मुख्य दलका शीर्ष नेताहरुले मतदान गरेका छन्। प्रधानमन्त्री पुष्पकमल दाहालले चितवनको भरतपुरबाट मतदान गर्नु भएको छ । दाहालले भरतपुर महानगरपालिका वडा नम्बर ४ स्थित लक्ष्मी माविक लङ्कुको मतदान केन्द्र ख बाट मतदान गर्नु भएको हो।

पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टरार्इले गोरखा पालुंगटार नपा-१ अन्नपूर्ण माविको बुथमा मतदान गर्नु भएको छ

नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले तनहूँ जिल्लाको सत्यवती मतदान केन्द्रबाट बिहान ७ बजे मतदान गर्नु भएको छ । परिवारसहित मतदान केन्द्र पुगेर उहाले मतदान गर्नु भएको हो

यसैगरी काँग्रेस महामन्त्री डा.सशांक कोइराला मतदानका लागि काठमाडौं महाराजगञ्जस्थित भ्याली स्कूल मतदान केन्द्रमा तथा काँग्रेस नेता प्रकाश मान सिंहले काठमाडौको पकनाजोल उच्च माविस्थित मतदान केन्द्रबाट भोट खसाल्नु भएको छ ।

त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले हेटौंडा उपमहानगरपालिका वडा नम्बर ५ बाट मतदान गर्नु भएको छ। एमाले महासचिव ईश्वर पोखरेलले काठमाडौंको टोखा नगरपालिका वडा नम्बर ७ धापासीस्थित स्काइलार्क स्कूल केन्द्रबाट तथा पूर्व प्रधानमन्त्री एवं नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टरार्इले गोरखा पालुंगटार नपा-१ अन्नपूर्ण माविको बुथमा मतदान गर्नु भएको छ ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *