Tuesday , 19 September 2017
Home / देश / दोलखामा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, प्रहरीको गोली लागेर एक जनाको मृत्यु

दोलखामा कांग्रेस र एमाले कार्यकर्ताबीच झडप, प्रहरीको गोली लागेर एक जनाको मृत्यु

३१ बैशाख २०७४,दोलखाको मेलुङ गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेका कार्यकर्ताबीच आइतबार अपराह्न झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बाध्य भई गोली चलाउँदा एक जनाको मृत्यु भएको छ । उक्त घटनामा कांग्रेस कार्यकर्ता नकुल भुजेलको मृत्यु भएको बुझिएको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टका अनुसार मेलुङ गाउँपालिकाको पवटी मतदान केन्द्रमा उक्त घटना भएको हो । झडपमा केही व्यक्ति घाइते भएका छन् । (रासस)

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *