Sunday , 24 September 2017
Home / देश / स्थानीय तहको मतगणना आजै बेलुकीबाट,मतगणनाका लागि निर्वाचन आयोगको ११ बुँदे निर्देशन

स्थानीय तहको मतगणना आजै बेलुकीबाट,मतगणनाका लागि निर्वाचन आयोगको ११ बुँदे निर्देशन

३१ बैशाख २०७४ ,स्थानीय तह निर्वाचनको मतदान सकिए लगतै मतगणना सुरु हुने भएको छ । देशका ३४ जिल्लामा छिटफुट घटना बाहेक शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ । मतदान सकिएलगतै मुचुल्का गरेर मतपेटिका स्थानीय तहको केन्द्रमा लगिने र लगत्तै मतगणना सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।

आजै रातिदेखि सम्भव हुने गाउँपालिका र नगरपालिकाको मत गणना हुने प्रवक्ता सूर्यप्रसाद शर्माले बताउनु भयो । काठमाडौं महानगरपालिकाले पनि आजै बेलुकाबाट मतगणना गर्ने बताएको छ ।

निर्वाचन आयोगले मतगणनाका लागि ११ बुँदे निर्देशन जारी गरेको छ । जसअनुसार वडाको मतगणना सकिएपछि वडाध्यक्ष, महिला सदस्य, दलिक्ष्त सदस्य र खुला सदस्यको परिणाम सार्वजनिक गर्ने र अर्को वडाको गणना सुरु हुनेछ ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *