Sunday , 22 October 2017
Home / देश / काठमाण्डौमा कडा प्रतिस्पर्धाका बीच एमालेको अग्रता कायमै, परिणाम आउन हप्तौ लग्न सक्ने

काठमाण्डौमा कडा प्रतिस्पर्धाका बीच एमालेको अग्रता कायमै, परिणाम आउन हप्तौ लग्न सक्ने

१ जेठ २०७४ / खगेन्द्र खरेल ।
स्थानीय तहको मत गणना सुस्त गतिले अघि बढ्दा परिणाम आउन हप्तौ लाग्ने भएको छ । खासगरी महानगरपालिका हरुको मतगणना हेर्दा परिणाम आउन ढिला हुन सक्ने देखिएको हो । यसै बीच चारै महानगरको मत गणना हुदै गर्दा सबैमा एमालेले सुरुवाती अग्रता कायमै राखेको छ । काठमाण्डौको पछिल्लो मत गणनामा साझा पार्टीका किशोर थापाले एमालेका बिद्यासुन्दर शाक्यलाइ पछ्याई रहनु भएको छ।

एमालेको ६७ मत छ भने साझा पार्टीको ५८ मत आएको छ । तेस्रो स्थानमा रहेको कांग्रेसका राजु राज जोसीको ४७ मत छ भने बिबेकशील पार्टीकी रञ्जु दर्शना को ३९ मत आएको छ । यसरि हेर्दा चारै उम्मेदवार बीच कडा प्रतिस्पर्धा देखिएको छ।

त्यसै ललितपुरमा पनि एमालेको अग्रता छ । एमालेका हरिकृष्ण व्यञ्जनकारले १३९३ मत प्राप्त गर्दा कांग्रेसका चिरीबाबु महर्जनको १२८५ मत तथा माओवादीको ५६९ मत आएको छ।

उता भरतपुरमा प्रचण्ड पुत्री रेणु दाहाललाई एमालेका देवी ज्ञवालीले पछि पार्नु भएको छ । ज्ञवालीको २४६ मत हुदा रेनुको ११३ मत देखिएको छ । त्यसै गरि पोखरामा एमालेका मानबहादुर जिसी ६६० मत सहित अग्र स्थानमा हुनुहुन्छ ,उहालाई कांग्रेसका रामजी कुँवरले ४१८ मत सहित पछ्याई रहनु  भएको छ।

उपमेयरमा भने कांग्रेसले काठमाण्डौ र ललितपुरमा अग्रता हासिल गरेको छ । पोखरा र भरतपुरमा एमालेका उम्मेदवार अगाडी देखिएका छन् ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *