Thursday , 19 October 2017
Home / देश / शुरुआति मतगणनाको रुझानः एमालेलाइ अग्रता, कांग्रेस दोस्रोमा,माओबादी तेस्रो

शुरुआति मतगणनाको रुझानः एमालेलाइ अग्रता, कांग्रेस दोस्रोमा,माओबादी तेस्रो

१ जेठ,२०७४ / खगेन्द्र खरेल ।
बैशाख ३१ गते भएको स्थानीय निर्बाचनको परिणाम आउने क्रम सुरु भएको छ । मत गणनाको पछिल्लो विवरण अनुसार बिजयी र अग्रता कायम गरे अनुसार एमालेले बढी स्थानमा अग्रता कायम गरेको छ । त्यसपछि कांग्रेसले एमालेलाई कडा टक्कर दिरहेको छ । माओबादी केन्द्र तेस्रो स्थानमा हुदा राप्रपाले कतै अग्रता बनाउन सकेको छैन ।

अहिलेसम्म मनाङको चामे र नेस्याङ गाउँपालिकामा एमालेले जित हात पारिसकेको छ । मनाङमा यसअघिका चुनावमा उम्मेदवार समेत नपाउने एमालेले यसपटक चमत्कार गरेको छ ।

एमालेले काठमाडौंको शंकरापुर, टोखा, नागार्जुन र किर्तिपुर नगरपालिकामा अग्रता लिएको छ । त्यस्तै काभ्रेको बनेपा,नुवाकोटको बिदुर,नवलपरासीको गैंडाकोट,देवचूली पनि एमालेको अग्रता देखिएको छ ।

ललितपुर महानगरपालिकामा कांग्रेसले शुरुवाती अग्रता लिएको छ । त्यस्तै काठमाडौंको बुढानीलकण्ठ, रुकुमको मुसिकोट नगरपालिकामा पनि कांग्रेसको अग्रता रहेको छ । त्यस्तै मकवानपुरको थाहा नगरपालिका र बाग्लुङको ढोरपाटन नगरपालिकामा पनि एमालेले अग्रता लिएको छ । त्यस्तै म्याग्दीको बेनी नगरपालिका र धादिङको धुनिबेसी नगरपालिकामा एमालेले अग्रता लिइरहेको छ ।

माओवादी केन्द्र काठमाडौंको चन्द्रागिरी नगरपालिका र काभ्रेको पाँचखाल नगरपालिकामा शुरुवाति अग्रताको अवस्थामा छ ।

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *