Thursday , 19 October 2017
Home / खेलकुद / मुम्बई इन्डियनस लाइ पराजित गर्दै पुणे सुपर जाइन्ट्स आइ पी एल क्रिकेटको फाइनलमा

मुम्बई इन्डियनस लाइ पराजित गर्दै पुणे सुपर जाइन्ट्स आइ पी एल क्रिकेटको फाइनलमा

३ जेठ, २०७४ / खगेन्द्र खरेल ।

मुम्बई इन्डियनस लाइ पराजित गर्दै पुणे सुपर जाइन्ट्स इन्डियन प्रिमियर लिग (आइ पी एल) क्रिकेटको फाइनलमा प्रबेस गरेको छ। मंगलबार भएको पहिलो क्वालिफायर गेममा पुणेले मुम्बईलाइ २० रनले पराजित गर्दै अन्तिम २ मा स्थान बनाएको हो।  एक सय ६३ रनको लक्ष पछ्याएको मुम्बईले निर्धारित ओभरमा ९ विकेट गुमाएर मात्र एक सय ४२ रन बनाए पछि पुणे २० रनले बिजयी भएको हो । मुम्बईका लागि पार्थिभ पटेलले ५२ रन बनाउन बाहेक कसैले उल्लेख्य रन बनाउन सकेनन । कप्तान रोहित शर्मा मात्र एक रनमा आउट भएका थिए । पुणेका सार्दुल ठाकुर र वाशिंगटन सुन्दरले समान तिन तिन विकेट लिए ।

यस अघि टस हारेर पहिले ब्याटिंग गरेको पुणेले ४ विकेट गुमाएर एक सय ६२ रन बनाएको थियो । उसका लागि अज्यंके रहानेले ५६ , मनोज तिवारीले ५८ तथा एम एस धोनीले ४० रन बनाएका थिए । आइ पी एल क्रिकेटमा बुधबार सन् राइजर्स हैदराबाद र कोलकत्ता नाइट राइडर्सका बिच एलिमिनेटर म्याच हुनेछ । उक्त खेलको बिजेताले फेरी आज पराजित मुम्बई सग दोस्रो क्वालिफायर खेल्ने छ । जसको बिजेताले २१ मे को दिन पुणे सग उपाधि भिडन्त गर्ने छ ।

Check Also

च्याम्पियन्स लिग फुटबल:रियल मड्रिड बराबरीमा रोकियो, म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

  कात्तिक १ / खगेन्द्र खरेल युरोपको सर्बाधिक लोकप्रिय प्रतियोगिता च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *