Tuesday , 19 September 2017
Home / देश / काठमाडौं जिल्लाका १० नगरपालिकामा ७ मा कांग्रेस, ३ मा एमाले अगाडि

काठमाडौं जिल्लाका १० नगरपालिकामा ७ मा कांग्रेस, ३ मा एमाले अगाडि

जेठ ३,२०७४ / खगेन्द्र खरेल
स्थानीय निर्वाचन भएको चार दिन भइसक्दा पनि देश विभिन्न ठाउका परिणाम आइसकेका छैनन् खास गरि ठुला गाउँपालिका तथा नगरको परिणाम आउन नसकेको हो । काठमाडौं जिल्लाका १० नगरपालिकामा अहिलेसम्म अन्तिम परिणाम आउन सकेको छैन। मतगणना अत्यन्त सुस्त गतिमा अगाडि बढिरहँदा काठमाडौं महानगरबाहेकका १० नगरपालिकाहरुमा पनि मतगणना जारी रहेको छ।

पछिल्लो मतपरिणाम अनुसार काठमाडौंका १० नगरपालिकाको मेयरमा नेपाली काँग्रेसले ७ र नेकपा एमालले ३ नगरपालिकामा अग्रता लिएका छन्। जसअनुसार काठमाडौंको टोखा नगरपालिकाको मेयर तथा उपमेयरमा नेपाली काँग्रेसले अग्रता लिएको छ। जहाँ काँग्रेसले मेयरमा ४ हजार ५२ र उपमेयरमा ३ हजार ८ सय ९२ मत ल्याएको छ र एमालेले मेयरमा ३ हजार ६ सय ५६ र उपमेयरमा ३ हजार ७ सय ९० मत ल्याएको छ।

त्यस्तै कागेश्वरी मनोहरा नगरपालिकामा काँग्रेसले मेयरमा १०८६ र उपमेयरमा १०८२ मतका साथ अग्रता कायम गरेको छ। यहाँ पनि एमालेले नै पछ्याइरहेको छ। जहाँ मेयरमा ९८७ र उपमेयरमा १०४२ मत ल्याएको छ। काठमाडौंकै अर्को नगर चन्द्रागिरिमा पनि काँग्रेसकै उम्मेदवार अगाडि छन्। ताजा परिणामअनुसार चन्द्रागिरिको मेयरमा काँग्रेसको ४ हजार ६ मत, एमालेको १ हजार पाँच सय १२ मत र माओवादी केन्द्रको १ हजार ३ सय ६६ मत रहेको छ।

अर्को नगर तार्केश्वरमा पनि नेपाली काँग्रेसले अग्रता लिएको छ। निर्वाचन आयोगले दिएको जानकारीअनुसार मेयरमा काँग्रेसले २०२७ मत ल्याएको छ भने एमालेले १७७८ मत ल्याएको छ। अर्को नगर गाकर्णेश्वरमा पनि नेपाली काँग्रेसको मेयरमा अग्रता रहेको छ। जहाँ काँग्रेसले २७७२ छ भने एमालेको १९५९ मत रहेको छ।

काठमाडौंको नागार्जुन नगरपालिकाको मेयरमा नेपाली काँग्रेसले अग्रता लिएको छ। जहाँ काँग्रेसले १५२० र एमालेले १४५८ मत ल्याएको छ।
त्यस्तै शंखरापुरमा नेकपा एमालेले अग्रता लिएको छ। जहाँ एमालेले मेयरमा २२९९, उपमेयरमा २५२३ मत ल्याएको छ। त्यस्तै माओवादी केन्द्रले मेयरमा १७९१ र उपमेयरमा १७८७ मत ल्याएको छ।

अर्को नगर बुढानिलकण्ठमा एमालेले अग्रता कायम गरेको छ। जहाँ एमालेले ३१०८ र काँग्रेसले २३०८ मत ल्याएको छ। दक्षिणकाली नगरपालिकामा पनि एमालेले २३८७ मतका साथ मेयरमा अग्रता लिएको छ भने काँग्रेसले १९३८ मतका साथ पछ्याइरहेको छ। त्यस्तै कीर्तिपुरमा पनि एमालेले नै अग्रता लिएको छ।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *