Thursday , 19 October 2017
Home / देश / स्थानीय तहको पछिल्लो परिणाम अनुसार एमाले अग्र स्थानमा,अर्ध सतक पुरा, कांग्रेस पछ्याउदै

स्थानीय तहको पछिल्लो परिणाम अनुसार एमाले अग्र स्थानमा,अर्ध सतक पुरा, कांग्रेस पछ्याउदै

३ जेठ,२०७४ / खगेन्द्र खरेल
स्थानीय तह निर्वाचनमा मतगणना जारी छ। विभिन्न स्थानीय तहबाट नतिजा आइसकेको छ भने धेरैको आउने क्रममा छ। हालसम्म घोषित परिणाममा एमाले अग्र स्थानमा छ भने कांग्रेस केहि पछि उसलाइ पछ्याई रहेको छ । माओवादी केन्द्र तेस्रो स्थानमा छ उसले २० स्थानमा जितेको छ ।

एमालेले जितको संख्या ५० अर्थात अर्ध सतक पुरा गरेको छ । कांग्रेसले ४७ स्थानमा विजय प्राप्त गरेको छ । यी दुइ दल बीच कडा प्रतिस्पर्धा सुरु देखिने भै रहेको छ । अन्तिम परिणाम नआइन्जेल कुन दलले बढी स्थानमा जित हात पार्ने हो भन्न सकिने स्थिति छैन ।

दुवै दलका नेताहरुले आ आफ्नो दलले जित्ने दाबि भने गरिरहेका छन् ।

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *