Tuesday , 19 September 2017
Home / विदेश / भारतीय नागरिक कुल भुषण जाधबलाइ पाकिस्तानमा सुनाइएको फासीको सजायलाइ अन्तराष्ट्रिय अदालतद्वारा रोक

भारतीय नागरिक कुल भुषण जाधबलाइ पाकिस्तानमा सुनाइएको फासीको सजायलाइ अन्तराष्ट्रिय अदालतद्वारा रोक

४ जेठ २०७४ / खगेन्द्र खरेल
पाकिस्तानमा कैदी बन्दी जीवन बिताइरहेका भारतीय नागरिक कुल भुषण जाधबलाइ पाकिस्तानमा सुनाइएको फासीको सजायलाइ अन्तराष्ट्रिय अदालतले रोक लगाएको छ । भारतले आफ्नो नागरिकलाई बिना कारण गिरफ्तार गरेर जासुसीको आरोप लगाउदै पाकिस्तानमा फासीको सजाय सुनाइएको तथा आफ्नो नागरिकले कानुनी सुबिधा पाउनु पर्ने भन्दै हेग स्थित अन्तराष्ट्रिय अदालतमा मुद्दा दायर गरेको थियो ।

भारतले पाकिस्तान माथि भियना सन्धिको उलंघन गरेको आरोप लगाएको छ भने पाकिस्तानले अन्तराष्ट्रिय अदालतमा आफ्नो आन्तरिक मामला भनेको छ । दुवै पक्षलाइ सुने पछि अदालतले अगस्त २०१७ मा अन्तिम फैसला नआइन्जेल फासीको सजाय माथि रोक लगाएको छ ।

अन्तराष्ट्रिय अदालतका जज रोनी अब्राहमले जाधबको ज्यानको चिन्ता प्रकट गर्दै पाकिस्तानलाई उनको जिउ ज्यानको सुरक्षा सुनिश्चित गर्न समेत आदेश दिनु भएको छ ।

Check Also

अमेरिकाले नेपाललाई रु ५० अर्ब सहयोग गर्ने, आज सम्झौता हुने

२९ भदौ / खगेन्द्र खरेल अमेरिकाले नेपाललाई सहयोग स्वरुप प्रदान गर्ने ५० करोड डलरअर्थात् करिब ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *