Sunday , 24 September 2017
Home / देश / मन्त्रिपरिषदको निर्णय:संसद्को चालु अधिवेशन अन्त्य,बजेट अधिवेशन जेठ ८ देखि,मधेश आन्दोलनमा लगाइएका मुद्दा फिर्ता

मन्त्रिपरिषदको निर्णय:संसद्को चालु अधिवेशन अन्त्य,बजेट अधिवेशन जेठ ८ देखि,मधेश आन्दोलनमा लगाइएका मुद्दा फिर्ता

४ जेठ २०७४ / खगेन्द्र खरेल
सरकारले संसद्को चालु अधिबेशन अन्त्य गरेको छ । साथै बजेट अधिबेशन जेठ ८ गते देखि बोलाउने निर्णय गरेको छ । विहीबार बिहान बसेको मन्त्रिपरिषद बैठकले संसदको चालु अधिवेशन अन्त्य गर्ने र जेठ ८ देखि बजेट अधिवेशन गर्ने निर्णय गरेको हो ।

मन्त्रि परिषद बैठकले मधेस आन्दोलनलाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गर्दै आन्दोलनमा सहभागीलाई लगाइएको मुद्दा फिर्ता गर्नका लागि गृह मन्त्रालयको परामर्शमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले आगामी मन्त्रिपरिषद्को बैठकमा प्रस्तुत गर्ने समेत निर्णय गरेको छ ।

त्यसैगरी मन्त्रिपरिषद्ले यही वैशाख ३१ गते सम्पन्न स्थानीय तहको निर्वाचनका क्रममा गोली प्रहारबाट मारिएका काभ्रे नमोबुद्ध नगरपालिकाका नवराज पाठक र  दोलखाका कुलबहादुर तामाङलाई सहिद घोषणा गर्ने र क्षतिपूर्ति स्वरूप परिवारलाई जनही रु १० लाख उपलब्ध गराउने निर्णय गरेको छ । सरकारले पाठक र तामाङका छोराछोरीको लागि निःशुल्क पठनपाठनको व्यवस्था गर्ने पनि निर्णय समेत गरेको छ ।

सरकारले प्रेस काउन्सिल नेपालको अध्यक्षमा धरान निवासी भवानी प्रसाद बराललाई नियुक्त गरेको छ । नेपाल प्रहरी र नेपाली सेनाको चिकित्सा क्षेत्रबाट आम नागरिकले समेत सेवा लिन पाउने निर्णय मन्त्रिपरिषद्ले गरेको छ । त्यसका लागि सेना र प्रहरीको सम्बन्धित निकायसँग सरकारले समन्वय गर्ने छ ।

साथै चुरे तराई क्षेत्रको नदी प्रणाली व्यवस्थापन, तथा हरियाली प्रवद्र्धन, वन क्षेत्र, वन विकास र नवीकरणीय ऊर्जा प्रवद्र्धन, प्राकृतिक स्रोतको दिगो व्यवस्थापन, प्राकृतिक एवम् जलवायु परिवर्तनबाट हुने जोखिम न्यूनीकरण र अनुकूलनको लागि सरकारले ‘चुरे तराई मधेस संरक्षण तथा व्यवस्थापन गुरुयोजना’ ल्याउने निर्णय पनि गरेको सरकार प्रवक्ता समेत रहेका मन्त्री सुरेन्द्र कुमार कार्कीले बताउनु भयो।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *