Sunday , 22 October 2017
Home / देश / माओवादी कांग्रेस गठबन्धन मकवानपुरको थाह नगरपालिकामा सफल

माओवादी कांग्रेस गठबन्धन मकवानपुरको थाह नगरपालिकामा सफल

४ जेठ २०७४ / खगेन्द्र खरेल
मकवानपुरको थाहा नगरपालिकामा माओवादी कांग्रेस गठबन्धन सफल भएको छ । त्याहा मेयरमा माओवादी केन्द्रका लवशेर विष्ट निर्वाचित भएका छन् । एमालेका उम्मेदवार विष्णु ढकाललाई पराजित गर्दै विष्ट मेयरमा निर्वाचित भएका हुन् । उत्तरी मकवानपुरको थाहा नगरपालिकामा माओवादी र कांग्रेसबीच चुनावी तालमेल भएको थियो ।उपमेयरमा कांग्रेसका खड्ग गोपाली विजयी भएका छन् ।

मेयरमा विजयी विष्टले सात हजार ४४ मत ल्याए । उनका निकटतम प्रतिद्वन्द्वी ढकालले भने पाँच हजार तीन ७८ मत प्राप्त गरे । उपमेयरमा गोपालीले पाँच हजार ६ सय ५० मत ल्याउँदा निकटतम प्रतिद्वन्द्वी एमालेकी कल्पना गोपालीले पाँच हजार ६ सय मत पाइन् । थाहा नगरपालिकाका १२ वडामध्ये पाँचमा माओवादी केन्द्र र सात वटामा एमाले विजयी भएको छ ।

दुवै दलको तालमेल हेटौडा उप नगरपालिकामा पनि भएको छ ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *