Thursday , 19 October 2017
Home / खेलकुद / इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि माथि मुम्बई इन्डियन्सको कब्जा,पुणे एक रनले पराजित

इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेटको उपाधि माथि मुम्बई इन्डियन्सको कब्जा,पुणे एक रनले पराजित

८ जेठ २०७४ / खगेन्द्र खरेल
मुम्बई इन्डियन्सले रोमाञ्चक खेलमा राइजिङ पूणे सुपरजाइन्ट्सलाई १ रनले पराजित गरेर आपिएल क्रिकेटको उपाधि कब्जा गरेको छ । मुम्बईको आइपिएलमा यो तेस्रो सफलता हो। आइतबार राति सम्पन्न खेलमा मुम्बईले पहिलो इनिङमा बनाएको १ सय २९ रनको जवाफमा पूणेले १ सय २८ रन मात्र बनाउन सके पछि मुम्बईको उपाधि सुनिश्चित भएको हो।

मुम्बईको जितमा अन्तिम ओभरमा मिचेल जोन्सनले लिएको २ विकेट महत्वपूर्ण बन्न पुग्यो। अन्तिम ओभरमा पूणेलाई जितका लागि ११ रन आवश्यक थियो। पहिलो बलमा मनोज तिवारीले चौका प्रहार गर्दै जितलाई नजिक पुर्याएका थिए। तर, उनी जोन्सनको दोस्रो बल र कप्तान स्टिभन स्मिथ तेस्रो बलमा आउट भएपछि पूणेले खेल गुमायो। पुणेका लागि कप्तान स्मिथले ५१ तथा रहानेले ४४ रनको योगदान गरेका थिए ।

यस अघि टस जितेर पहिले ब्याटिंग गरेको मुम्बईले ८ विकेट गुमाएर एक सय २९ रन बनाएको थियो । उसका लागि क्रुनाल पांडयाले सर्बाधिक ४७ रन बनाएका थिए । उनि म्यान अफ द म्याच घोसित भए ।

दशौ आइपिएलको उपाधि बिजेता मुम्बईले १५ करोड भारतीय रुपैया पाउदा पुणेले १० करोडमा चित्त बुजायो । जारि सिजनमा डेभिड वार्नरले सर्बाधिक ६४१ रन बनाए भने भुबनेस्वर कुमारले २६ विकेट लिएका छन् ।

Check Also

च्याम्पियन्स लिग फुटबल:रियल मड्रिड बराबरीमा रोकियो, म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

  कात्तिक १ / खगेन्द्र खरेल युरोपको सर्बाधिक लोकप्रिय प्रतियोगिता च्याम्पियन्स लिग फुटबल अन्तर्गत गएराति ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *