Tuesday , 19 September 2017
Home / देश / राष्ट्रपतिसमक्ष नीति तथा कार्यक्रम पेश गर्ने मन्त्रिपरिषदको निर्णय,त्यसपछि मात्र प्रधानमन्त्रीको राजिनामा सम्भब

राष्ट्रपतिसमक्ष नीति तथा कार्यक्रम पेश गर्ने मन्त्रिपरिषदको निर्णय,त्यसपछि मात्र प्रधानमन्त्रीको राजिनामा सम्भब

७ जेठ २०७४
सरकारले आर्थिक वर्ष २०७४/०७५ को वार्षिक नीति तथा कार्यक्रम राष्ट्रपतिसमक्ष पेश गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषदको बैठकले ठूला परियोजनाहरु निर्माणका लागि प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याउने निर्णय भएको सरकारका प्रवक्ता सूचना तथा संचारमन्त्री राम कार्कीले जानकारी दिनुभयो। स्थानीय तहलाई बलियो बनाउने गरी संविधान कार्यान्वयनमा जोड दिएर नीति तथा कार्यक्रम तयार पारिएको प्रवक्ता कार्कीले जानकारी दिनुभयो।

बजेट अधिवेशनका रुपमा चिनिने संसदको अधिवेशन भोलिदेखि सुरु हुँदैछ । राष्ट्रपति विद्यादेवी भण्डारीले जेठ १५ गते अगावै सरकारले तयार पारेको नीति तथा कार्यक्रम संसदमा पेश गर्नुहुनेछ।

जेठ १५ गते बजेट घोषणा गर्ने व्यवस्था संविधानमै उल्लेख छ । प्रधानमन्त्री पुष्पकमल दाहालले आजै बेलुका राष्ट्रपतिसमक्ष नीति तथा कार्यक्रम बुजाउनु हुनेछ । स्रोतका अनुसार १० या १२ गते सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको छ ।

सरकारले नीति तथा कार्यक्रम ल्याउने तयारी गरेसंगै प्रधानमन्त्री दाहालले कांग्रेससँग भएको सहमति अनुसार आजभोलिमै राजीनामा दिने चर्चा भए पनि नीति तथा कार्यक्रम अघि प्रधानमन्त्री दाहालले राजीनामा दिने संभावना अब कम बनेको छ ।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *