Tuesday , 19 September 2017
Home / देश / झापामा बढ्यो चुनाबी सरगर्मी, समग्र झापामा कसको पल्ला भारी

झापामा बढ्यो चुनाबी सरगर्मी, समग्र झापामा कसको पल्ला भारी

८ जेठ,२०७४ / खगेन्द्र खरेल
बैशाख ३१ गते स्थानीय तह पहिलो चरणको निर्बाचन सफलता पुर्बक सम्पन्न भै नतिजा आउने क्रम अन्तिम अवश्थामा पुगेको छ । केहि स्थान बाहेक प्राय सबै स्थानको नतिजा आइसकेको छ । पहिलो चरणमा निर्बाचन भएको २८३ स्थानमा एमालेले कांग्रेस भन्दा केहि स्थान बढी जितेर ठुलो पार्टी बन्यो । कांग्रेस दोस्रो र माओबादि केन्द्र तेस्रो बन्यो । तिन प्रदेशमा मात्र भएको सो चुनाब प्रदेशका हिसाबले तिनै पार्टीले एक एक प्रदेशमा जित हात पारे ।  ६ नं प्रदेश माओबादि केन्द्रले जित्यो भने ३ र ४ नं कांग्रेस र एमालेको भागमा एक एक ओटा पर्यो ।
दोस्रो चरणको निर्बाचन मिति जेठ ३१ नजिकिदै गर्दा राजनीतिक दलहरु उम्मेदवार घोषणा गर्दै जनताका घरदैलोमा जाने क्रम बाक्लिदै छ । चुनाब सम्पन्न गरेर संबिधान कार्यान्वानको महत्वपूर्ण पहिलो कडी पुरा गर्नु पर्ने दायित्व सरकार र सबै राजनीतिक दलहरुको नै हो तर तराइ मधेसका केहि समस्या अझै पनि साम्य भै नसकेको यथार्थ छदै छ । बिबादित मुद्दाहरुलाई सहमतिका साथ् सम्बोधन गरेरै भए पनि निर्बाचनमा सबैले सहभागी हुने बाताबरण बनेमा संबिधान र निर्बाचनको स्वीकार्यता बढ्ने छ।

राजनीतिक रुपले जनता सचेत भएको जिल्लाको परिचय बनाएको देशको पुर्बी जिल्ला झापामा येतिबेला चुनाबी चर्चा चरममा पुगेको छ । के गाउँ के चोक के बजार चुनाबी चर्चाले सबै ठाउमा स्थान बनाएकै छ । हरेक चर्चामा सबै खाले अनुमान सुन्न पाइन्छ । पछिल्लो चुनाबका नाममा संबिधान सभाको दोस्रो निर्बाचनमा भोट हालेका झापालीले आउने स्थानीय तहको निर्बाचनलाई व्यग्रताका साथ् पर्खिरहेको आभास हुन्छ ।

झापा खास गरि कम्युनिष्ट आन्दोलनको सुरुवाती किल्लाका रुपमा लिने गरिए पनि पछिल्लो समय सबै खाले राजनीतिक दलले आफ्नो उपस्थिति बलियो बनाउन कुनै कसर बाकि राखेका छैनन् । दोस्रो संबिधान सभामा झापाका ७ मध्ये ४ स्थानमा एमालेले जितेको थियो भने कांग्रसले ३ स्थानमा जित सुनिस्चित गर्न सकेको थियो । माओबादिले दोस्रो संबिधान सभामा झापा बाट कुनै सिट जित्न सकेन ।

झापामा राजनैतिक दलका कतिपय नेताको जनस्तर सम्म ब्याक्तिगत सम्बन्ध सारै नजिक र विश्वासिलो पाइन्छ । स्थानीय तह दोस्रो चरणको चुनाबमा झापा माथि सबैको नजर रहनु कुनै अनौठो हुदैन किन भने झापा एमाले अध्यक्ष के पी ओली, कांग्रस पूर्व माहामन्त्री कृष्ण सिटौला तथा राप्रपा महामन्त्री राजेन्द्र लिङ्ग्देनको  निर्बाचन क्षेत्र भएको गृह जिल्ला हो । अन्य पार्टीका तुलनामा माओबादि केन्द्रका कोहि नेता झापामा प्रभाब पार्न सक्ने खालका देखिएका छैनन् ।  संबिधान सभाको दोस्रो निर्बाचनमा झापाका सात मध्ये २,३ र ५ मा कांग्रेसले तथा १,४ ६ र ७ नं मा एमालेले जितेको थियो । एमालेका दिपक गिरी (झापा ६ सांसद ) र कांग्रेसका केशब कुमार बुढाथोकी (झापा ५ सांसद ) जनतासग सिधा सम्पर्क भएका नेतामा पर्छन । आफ्नो निर्बाचन क्षेत्रमा पर्ने गाउँपालिका तथा नगरपालिकामा उहाहरुको भूमिका महत्वपुर्ण हुनेछ।

अब स्थानीय निर्बाचनको नतिजा कस्तो आउछ त्यसमा सबैको ध्यान केन्द्रित भएको छ । झापामा हाल ५ लाख १० हजार २१६ जम्मा मतदाता रहेका छन् । जसमा पुरुष २ लाख ५३ हजार ४ सय १५ तथा महिला २ लाख ५६ हजार ७ सय ९८ रहेका छन् । ८ नगरपालिका सहित झापामा १५ स्थानीय तह बनेका छन् ।
मेची नगरपालिका,भद्रपुर नगरपालिका,बिर्तामोड नगरपालिका,शनिअर्जुन नगरपालिका,शिबसताक्षी नगरपालिका,दमक नगरपालिका, गौरादह नगरपालिका,र कन्काई गरि ८ नगरपालिका तथा झापा गाउँपालिका,कमल गाउपालिका,केचनाकवल गाउँपालिका,हल्दिबारी गाउँपालिका,गौरिगंज गाउँपालिका,बुद्धशान्ति गाउँपालिका र बाह्रदशी गाउँपालिका गरि सात गाउँपालिका रहेकाछन ।

झापाको सबै भन्दा धेरै जनसंख्या भएको मेची नगरपालिकामा चुनाबी भबिस्यवाणी गर्न सक्ने अवश्थामा कोहि छैन । क्षेत्र नं एकमा पर्ने यो नगरपालिकामा नेपाली कांग्रेसका युवा नेता विश्व प्रकाश शर्माको प्रभाब क्षेत्र मानिन्छ । दोस्रो संबिधान सभा निर्बाचनमा एमालेका रबिन कोइराला सग झिनो मत अन्तरले उहा पराजित हुनु भएको थियो। स्वयम् रबिन कोइराला पनि यो क्षेत्रमा काफी लोकप्रिय हुनुहुन्छ । मुलत यो नगरपालिकाको नतिजा यिनै दुइ नेताको जित हार सग तुलना हुनेछ ।


विश्व प्रकाश शर्मा / रबिन कोइराला
भद्रपुर नगरपालिका झापाको सब भन्दा पुरानो नगरपालिका हो । यो कांग्रेस नेता कृष्ण प्रसाद सिटौलाको गृह क्षेत्र हो। यहाको चुनावी गणित बडो पेचिलो हुनेछ । सामान्यतया कांग्रेसको गढ मानिने भद्रपुरमा कुनै बेला सद्भावना पार्टीले नगर प्रमुखमा चुनाब जितेको थियो । मधेसबादी दलहरु एक जुट भएर चुनाबमा आउने हो भने यहाको निर्बाचन बहुपक्षीय हुनेमा शंका छैन।


कृष्ण प्र. सिटौला
दमक नगरपालिका एमाले अध्यक्ष के पी ओलीको बिशेष सामिप्यता भएको क्षेत्र हो। यहाँ एमालेको पकड मानिए पनि चुनावी समीकरण कस्तो बन्छ कुन कुन पार्टी मिलेर लडछन् त्यो हेर्न सुन्न लायक नै हुनेछ । खास गरि राप्रपाले दमकमा सांगठानिक सुधार गरे पनि उसले स्वयम् जित्न सक्ने हैसियत नबनाएको हुनाले उसको समीकरणले कस्तो असर गर्ने हो अहिले भन्न सकिने अवस्था छैन।


के पी ओली
बिर्तामोड नगरपालिकाले  यो पटकको चुनाबमा सबैको ध्यान तान्नेछ। सुरुमा नगरपालिका घोषणा हुदा भन्दा अहिले बिर्तामोड नगरपालिकाको क्षेत्रफल बृहत भएको छ। कांग्रेसजनले यो नगरपालिका आफ्नो पकड भएको भनेर दावा गरे पनि यहाँ अहिले नतिजा समिकरणको खेलमा भर पर्नु पर्ने स्थितिमा पुगेको बताउछन् कतिपय नगरबासी। संबिधानसभाको चुनाबमा यहा बाट कांग्रेसका सुधिर सिवाकोटीले जित हात पर्नु भएको थियो। यहा राप्रपाले पुराना कांग्रेसी नेता भक्ति सिटौलालाई मेयर पदमा उम्मेदवार बनाएको छ। उहाको संबिधान सभाको निर्बाचनमा जमानत बचेको थिएन त्यस बेला पनि उहा राप्रपाका तर्फबाट उम्मेदवार हुनुहुन्थ्यो।


सुधिर सिवाकोटी झापा २                केशब बुढाथोकी झापा ५
कन्काई नगरपालिका धार्मिक र पर्यटनका साथ् साथै कहिले बन्द नहुने नगरका रुपमा ख्याति कमाउन सफल नगरपालिका हो। एमालेले आफ्नो प्रभाब क्षेत्र माने पनि यहाको चुनावी माहोल अन्यत्रको भन्दा गरम देखिएको छ। खास गरि कतिपय सामाजिक रुपमा परिचित केहि नाम र समुहले स्वतन्त्र प्यानल खडा गरि चुनाब प्रचार सुरु गरे पछि स्थापित दलहरुलाई सर्ब स्वीकार्य उम्मेदवार चयन गर्न मुस्किल परिरहेको छ। गत संबिधान सभा चुनाबमा यहा एमालेका प्रेम कार्की बिजयी हुनुभएको थियो।


प्रेम गिरी झापा ४                     दिपक कार्की झापा ६
अन्य तिन नगरपालिका शिवसताक्षी,गौरादह र शनिअर्जुनमा पनि चुनावी भिडन्त मुख्यतया एमाले र कांग्रेसका बीचमै हुनेछ ।


राजेन्द्र लिङ्ग्देन
नगरपालिका बाहेक पनि प्राय सबै गाउँपालिकामा मुख्य प्रतिस्पर्धा एमाले र कांग्रसका बिचमा हुने अनुमान गर्न सकिन्छ। तर झापाका दक्षिणी भेगका गाउपालिकामा मधेसबादी दलको प्रभाब अवस्य रहनेछ। कतिपय गाउँपालिकामा भने राप्रपाले दरो चुनौती दिनेमा शंका छैन। राप्रपा माहामन्त्री राजेन्द्र लिङ्ग्देनको निजि प्रभाब पर्नेछ जसले गर्दा झापाको स्थानीय चुनाबमा राप्रपाको हात खालि भएन भने कुनै आस्चर्य हुने छैन।

पहिलो चरणको चुनाबमा सम्मान जनक मत पाएको माओबादि केन्द्रले दोस्रो चरणको चुनाबमा खासगरी झापामा उक्त पार्टीले कस्तो उपस्थिति जनाउने हो हेर्न बाँकी छ । माओबादि केन्द्रका अध्यक्ष प्रचण्ड प्रधानमन्त्री भए देखिनै सरकार बिरोधि लहर देखिएको छैन । पहिलो चरणको निर्बाचन सफलता पुर्बक सम्पन्न गरेको,सरकार बने पछि उर्जा संकट हल गर्न माओवादी मन्त्रि जनार्दन शर्माको भूमिका, स्वास्थ्यका क्षेत्रमा कांग्रेस मन्त्रि गगन थापाले गरेका सुधार,चीन सग गरिएको पछिल्लो सम्झौता तथा कांग्रेस सग गरेको पालै पालो प्रधानमत्री हुने सहमति पालना गर्न राजिनामा दिन तयारी गरेपछि प्रधानमत्री प्रचण्ड प्रति जनमानसको केहि सहानुभूति थपिए पनि त्यो भोटमा परिणत हुने हो वा होइन त्यो भने हेर्न केहिदिन कुर्नु पर्नेछ ।

 

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *