Sunday , 22 October 2017
Home / Uncategorized / दोस्रो चरणको चुनावबारे निर्वाचन आयुक्तहरुको फरक मत

दोस्रो चरणको चुनावबारे निर्वाचन आयुक्तहरुको फरक मत

९ जेठ २०७४ / खगेन्द्र खरेल
सरकारले स्थानीय तहको संख्या बृद्धि गर्ने निर्णय गरेपछि दोस्रो चरणको चुनाव हुनेमा अन्योलता भइरहेका बेला निर्वाचन आयुक्तहरुको फरक मत देखा परेको छ । निर्वाचन आयुक्त नरेन्द्र दाहालले चुनाव हुन नसक्ने बताएको केहिबेर मै बिराटनगरमा पत्रकार सम्मेलन गरी मूख्य निर्वाचन आयुक्त डाक्टर अयोधी प्रसाद यादवले संख्या बढेपनि चुनावको मिति हेरफेर नहुने प्रष्ट पार्नु भएको छ।

बिराटनगरमा पत्रकार सम्मेलन गर्दै प्रमुख आयुक्त यादवले भन्नुभयो, ‘अहिलेसम्म आयोगले गरेको विश्लेषण अनुसार जेष्ठ ३१ गते निर्धारण गरिएको स्थानीय तहको दोश्रो चरणको निर्वाचनको मिति हेरफर हुँदैन । तर स्थानीय तहको संख्या वृद्धि गरिएका कारण प्राविधिक र व्यवस्थापकीय समस्या भने आउन सक्छ ।

जेष्ठ ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि आवश्यक तयारीमा आयोग जुटिसकेकाले स्थानीय तहको संख्या थपिएका क्षेत्रमा पुनः मतदात नामवाली निर्माण, निर्वाचनका लागि आवश्यक सामाग्रीको व्यवस्थापन लगायतका उत्पन्न समस्यालाई प्राविधिक रुपमा हल गरी अगाडी वढने पनि यादवको भनाई थियो ।

यसअघि निर्वाचन आयुक्त दाहालले सरकारले स्थानीय तहको संख्या बढाएपछि जेठ ३१ मा चुनाव हुन नसक्ने ठोकुवा गर्नु भएको थियो ।

Check Also

एमाले, माओवादी र नयाँशक्तिको पत्रकार सम्मेलन:यस्तो छ एमाले, माओवादी र नयाँशक्तिबीच एकताको सहमति

असोज १७ / खगेन्द्र खरेल एमाले, माओवादी र नयाँशक्तिले प्रदेश र प्रतिनिधिसभाको निर्वाचनलगत्तै पार्टी एकता ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *