Sunday , 24 September 2017
Home / देश / प्रमुख तीन दलबीच सहमति जुट्न सकेन, संसद बैठक स्थगित

प्रमुख तीन दलबीच सहमति जुट्न सकेन, संसद बैठक स्थगित

९ जेठ २०७४ / खगेन्द्र खरेल
प्रमुख तिन दल बीच सहमति जुट्न नसके पछि विपक्षी दल नेकपा एमालेले अवरुद्ध गर्ने चेतावनी दिदा व्यवस्थापिका संसद बैठक सूचना टाँसेर स्थगित भएको छ । मंगलबारको संसद बैठकमा प्रधानमन्त्री प्रचण्डले सम्बोधन गर्दै राजीनामाको घोषणा गर्ने तयारी थियो । तर, एमालेले स्थानीय तहको संख्या बढाएकोमा विरोध गर्दै संसद चल्न नदिने बताएको छ ।

सभामुख ओनसरी घर्ती मगरको पहलमा बसेको तीन दलको बैठकमा पनि एमाले अध्यक्ष केपी ओलीले संसद चल्न नदिने अडान लिनुभयो । एमालेले स्थानीय तहको संख्या बढाउने निर्णय फिर्ता लिनु पर्ने बताएको छ । दलहरुबीच सहमति हुन नसकेपछि संसद बैठक भोलिसम्मका लागि स्थगित गरिएको छ । संसद बैठक भोलि ११ बजेका लागि राखिएको छ ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *