Sunday , 24 September 2017
Home / देश / नया थपिएका गाउँपालिका र नगरपालिका यस्ता छन् (सूचीसहित)

नया थपिएका गाउँपालिका र नगरपालिका यस्ता छन् (सूचीसहित)

९ जेठ,२०७४ / खगेन्द्र खरेल
सरकारले पछिल्लो पटक विराटनगर र वीरगञ्जलाई महानगर बनाउनुका साथै २२ स्थानीय तह थप्ने र २४ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने निर्णय गरेको छ । थपिएका तथा स्तरोन्नती भएका स्थानीय तह यस्ता छन् ।

झापाका ३ गाउँपालिका नगर बने
कमल गाउँपालिका अब नगरपालिका भएको छ त्यस्तै बुद्धशान्ति गाउँपालिका पनि नगरपालिका बनेको छ । र शरनामति टाघनडुब्बा र कुमारखोद मिलेर बनेको पुरानो झापा गाउँपालिका अब नगरपालिका भएको छ ।

सुनसरीमा २ गाउँपालिका थपियो
गढी गाउँपालिकाको वडा नम्बर ५ र ६ तथा इनरुवा नगरपालिकाको वडा नम्बर १० लाई हरिनगरा गाउँपालिकामा गाभेको छ । हरिनगरा गाउँपालिकाको वडा नम्बर १, २, ५, ६ र ७ लाई मिलाएर नयाँ भुटाहा गाउँपालिका बनाएको छ । यस्तै कोशी गाउँपालिकाको वडा नम्बर १, २ र ३ तथा बराह नगरपालिकाको वडा नम्बर ११ लाई समावेश गरी लौकही गाउँपालिका थप गर्ने निर्णय गरेको छ ।

सप्तरीमा एक गाउँपालिका थपियो
सप्तरीको वोदेवरसाइन नगरपालिकाको वडा नम्बर ७, ८, ९, १०, ११ र १६ लाई झिकेर नयाँ झिकी वलान-विहुल गाउँपालिका बनाइको छ ।

सिराहामा जिल्लाको कर्जन्हा गाउँपालिकालाई नगरपालिकामा स्तरउन्नती गरिएको छ ।

धनुषामा नगरपालिका थपियो
सरकारले धनुषामा नगरान नगरपालिकाको वडा नं ९, औरही गाउँपालिाकाको वडा नं ५, ६, ७ र ८ लाई मिसाएर नयाँ धनौजी गाउँपालिका सृजना गरेको छ ।
यस्तै कमला सिद्धिदात्री गाउँपालिकालाई कमला नगरपालिका कायम गर्ने निर्णय गरेको छ । हंसपुर गाउँपालिकालाई हंसपुर नगरपालिका, मिथिला विहारी गाउँपालिकालाई मिथिला विराही नगरपालिका बनाउने निर्णय गरेको छ ।

महोत्तरीमा ७ वटा नगरपालिका थपियो

सरकारले महोत्तरीमा ७ गाउँपालिकालाई नगरपालिका बनाएको छ । बलवा र लोहारपट्टी गाउँपालिका नगरपालिका भएका छन् । एकडारा गाउँपालिकाको वडा नम्बर ५ र ६ लाई मनरा गाउँपालिकामा गाभेर नयाँ मनराशिसवा नगरपालिका बनाएको छ । यस्तै रामगोपालपुर गाउँपालिका, औरही गाउँपालिका, मटिहानी गाउँपालिका र भंगाहा गाउँपालिकालाई त्यही नाममा नगरपालिकामा स्तरउन्नती गरेको छ ।

सर्लाहीमा ३ गाउँपालिका र एक नगर थप

सरकारले ब्रम्हपुरी गाउँपालिकको वडा नं ६ र ७ तथा हरिपुर्वा नगरपालिकाको वडा नम्बर १,२,३ र ४ लाई गाभेर नयाँ पर्सा गाउँपालिका थप गरेको छ । यस्तै चक्रघट्टा गाउँपालिकाको ६, ५ र ७ वडा र विष्णु गाउँपालिकाको ९, १०, ११ र १२ वडालाई गाभेर नयाँ कौडेना गाउँपालिका बनाएको छ । यस्तै धनकौलीको ५ वटा वडा र चक्रघट्टा गाउँपालिकाको एउटा वडालाई मिलाएर छुट्टै नयाँ बसबरीया गाउँपालिका गठन गरेको छ । यस्तै कविलासी गाउँपालिकालाई नगरपालिकामा स्तरउन्नती गरिएको छ ।

रौतहटमा सरकारले रौतहटको गौर नगरपालिकाको ७ वटा वडालाई समेटेर छुट्टै राजदेवी नगरपालिका गठन गरेको छ । यस्तै गौर नगरपालिकाको १३ नम्बर वडा र अन्य दुई गाउँपालिकाको केही वडालाई समेटेर नयाँ यमुनामाई गाउँपालिका गठन गरिएको छ ।

यस्तै बौधीमाई गाउँपालिका, वृन्दावन गाउँपालिका, देवाही गोनाही गाउँपालिका र गढीमाइ गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने निर्णय गरेको छ । गजुरा, कटहरीय, माधवनारायण, ईशनाथ, परोहा, राजपुर, फतुवा विजयपुर र मौलापुर गाउँपालिकालाई पनि नगरपालिकामा स्तर उन्नती गर्ने निर्णय गरेको छ।

बाराको फेटा र प्रसौनी गाउँपालिकाको केही वडाहरुलाई मिलाएर विश्रामपुर गाउँपालिका गठन भएको छ । पचरौता गाउँपालिकालाई नगरपालिकामा स्तरउन्नती गरेको छ ।

पर्साको वीरगञ्ज उपमहानगरपालिकालाई महानगरपालिकामा स्तरउन्नती गरेको छ ।यस्तै सुवर्णपुर र सुगौली गाउँपालिकाको केही वडाहरु मिलाएर जिरा भवानी गाउँपालिका गठन गरेको छ । पोखरीया नगरपालिकालाई फुटाएर नयाँ कालिकामाई गाउँपालिका गठन गरेको छ । यस्तै बहुदरमाई गाउँपालिका र पर्सागढी गाउँपालिकालाई नगरपालिका बनाएको छ ।

रुपन्देहीको कञ्चनपुर गाउँपालिका, कोटइमाई गाउँपालिका, मायाँदेवी गाउँपालिका र शुद्धोधन गाउँपालिकालाई नगरपालिकामा स्तरउन्नती गरिएको छ । सम्मरीमाई गाउापालिकाको ५ वटा वडालाई मिलाएर छुट्टै नयाँ समयमाई गाउँपालिका बनाइएको छ । यस्तै देवदह नगरपालिका, ओमसतिया गाउँपालिका र रोहिणी गाउँपालिकाको केही वडालाई मिलाएर नयाँ महाव गाउँपालिका बनाएको छ । यसैगरी गैडहवा गाउँपालिका, मायाँदेवी गाउँपालिकाको केही वडालाई मिसाएर नयाँ किसान गाउँपालिका गठन गरेको छ ।

कपिलवस्तुमा विभिन्न गाउँपालिकाको वडालाई फुटाएर नयाँ गौतमबुद्ध गाउँपालिका थप गर्ने निर्णय गरेको छ । कृष्णनगर, अजिगरा, भिल्मी, पुरुषोत्तमपुर, शिवराज नगरपालिका महाराजगञ्ज नगरपालिकाको केही वडाहरु मिलाएर नयाँ बहादुरगञ्ज गाउँपालिका बनेको छ । यस्तै अर्को एउटा कनकमुनी गाउँपालिका थप गर्ने निर्णय गरेको छ ।

बाँकेको खजुरा गाउँपालिकालाई नगरपालिका बनाइएको छ । यस्तै राप्ती गाउँपालिकाको केही वडा र साविकका केही गाविसलाई मिलाएर नयाँ सोनारी गाउँपालिका बनाइएको छ ।

कैलालीको जानकी गाउँपालिकालाई नगरपालिकामा स्तरोन्नती गर्ने निर्णय भएको छ । यसैगरी कैलारी गाउँपालिकाको केही वडा र गौरीगंगा नगरपालिकाको केही वडालाई मिलाएर नयाँ मोहना गाउँपालिका बनाइएको छ ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *