Thursday , 19 October 2017
Home / देश / प्रधानमत्री प्रचण्ड द्वारा राजिनामाको घोषणा

प्रधानमत्री प्रचण्ड द्वारा राजिनामाको घोषणा

९ जेठ,२०७४ / खगेन्द्र खरेल
प्रधानमन्त्री पुष्प कमल दाहाल प्रचण्डले राजिनामाको घोषणा गर्नु भएको छ । सिंहदरबार स्थित प्रधानमन्त्रीको कार्यालय बाट विशेष सम्बोधन गर्दै दाहालले १० महिने सरकारबाट राजीनामा दिनु भएको हो।

२०७३ साउन १९ गते संसदमा ३ सय ६३ को बहुमत प्राप्त गरी दाहाल दोस्रोपटक मुलुकको ३९औं प्रधानमन्त्रीका रुपमा निर्वाचित हुनु भएको थियो । गत साउनमा सरकार गठन हुँदा नेपाली कांग्रेससँग भएको सहमति बमोजिम प्रधानमन्त्री दाहालले पदबाट राजीनामा दिनु भएको हो ।

अब कांग्रेस-माओवादी केन्द्रको गठबन्धनबाट कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्री बन्नु हुनेछ । दुई पार्टीबीच स्थानीय तह निर्वाचन सम्पन्न गराउँदासम्म माओवादी अध्यक्ष समेत रहेका दाहालले सरकारको नेतृत्व गर्ने र त्यसपछि कांग्रेसलाई सत्ताको नेतृत्व हस्तान्तरण गर्ने समझदारी बनेको थियो ।

सम्बोधनका क्रममा प्रधानमन्त्री दाहालले आफू नेतृत्वको सरकारले राजनीतिक, आर्थिक, सामाजिक र कूटनीतिक रुपमा रहेको समस्या र असमक्षदारी हटाएको दाबि गर्नु भयो।

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *