Monday , 25 September 2017
Home / देश / प्रधानमन्त्री प्रचण्डले अपरान्ह देशबासीका नाममा सम्बोधन गर्दै राजीनामा दिने

प्रधानमन्त्री प्रचण्डले अपरान्ह देशबासीका नाममा सम्बोधन गर्दै राजीनामा दिने

९ जेठ,२०७४ / खगेन्द्र खरेल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज देशवासीलाई सम्बोधन गर्ने हुनु भएको छ । संसदलाई विशेष सम्बोधन गर्दै राजीनामा दिने प्रयास असफल भएपछि उहाले देशवासीका नाममा सम्बोधन गर्ने हुनु भएको हो। अपराहृन ४ बजे प्रधानमन्त्रीले सम्बोधन गर्ने उहाको निजी सचिवालयले जनाएको छ ।

माओवादी अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्डले मंगलबार नै संसदलाई सम्बोधन गरेर राजीनामा दिने तयारी गर्नु भएको थियो तर, स्थानीय तहको संख्या बृद्धिको विरोध गर्दै एमालेले संसद अवरुद्ध पार्ने चेतावनी दिएपछि बैठक नै बस्न सकेन ।

लगातार दुई दिन संसद बैठक सूचना टाँसेर स्थगित भएको छ । अब प्रधानमन्त्रीले देशबासीलाई सम्बोधन गर्दै राजीनामाको घोषणा गर्ने स्रोतले बताएको छ ।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *