Tuesday , 19 September 2017
Home / देश / राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको राजीनामा स्वीकृत

राष्ट्रपतिद्वारा प्रधानमन्त्रीको राजीनामा स्वीकृत

९ जेठ,२०७४ / खगेन्द्र खरेल
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा स्वीकृत भएको छ । राष्ट्रपति विद्या भण्डारीले प्रधानमन्त्रीको राजीनामा स्वीकृत गर्नु भएको हो ।
राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर प्रधानमन्त्री प्रचण्डले आज राजीनामा पत्र बुझाउनु भएको थियो । त्यसक्रममा राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीलाई पहिलो चरणको स्थानीय तह निर्वाचन सम्पन्न गरेर संबिधान कार्यान्वयनको महत्वपूर्ण कार्यभार कार्यान्वयन गरेको र मुलुकलाई निर्वाचनतर्फ उन्मुख गराएको भन्दै सराहना गर्नु भएको थियो।
त्यसअघि प्रधानमन्त्री प्रचण्डले सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयबाट राष्ट्रका नाममा सम्बोधन गर्दै राजीनाकाको घोषणा गर्नु भएको थियो । हिजो नै व्यवस्थापिका–संसद्लाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल एमालेले लगातार संसद् बैठक बस्न नदिएपछि प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्बोधन गर्दै राजिनामा गर्नु भएको हो।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *