Sunday , 22 October 2017
Home / देश / संसद्को बैठक आज बस्दै, विवाद मिलाउन शीर्ष नेताहरु छलफलमा

संसद्को बैठक आज बस्दै, विवाद मिलाउन शीर्ष नेताहरु छलफलमा

१० जेठ,२०७४ / खगेन्द्र खरेल
व्यवस्थापिका संसद्को बैठक आज बस्दै छ । बैठकमा आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउने बजेटबारे छलफल हुने कार्यसूची छ । तर बैठक बस्नुअघि दलहरुबीच देखिएका विवाद समाधान गर्न बिहानैदेखि छलफल भइरहेको छ ।

प्रमुख दलका शीर्ष नेताहरु छलफलमा जुटिरहेका छन् । उनीहरुबीच सहमति नभए आज पनि बैठक प्रभावित हुन सक्ने बताइएको छ । यसअघि मंगलबार बस्ने भनिएको संसद्को बैठक दलहरुबीच विवाद भएपछि सूचना टाँस गरेर स्थगित गरिएको थियो ।

मंगलबार बिहान ११ बजेका लागि बोलाइएको बैठक पटकपटक स्थगित गर्दै साँझ ७ बजे बस्ने भनिए पनि त्यतिबेलासम्म पनि दलहरुबीच कुरा मिल्न नसकेपछि आजसम्मका लागि स्थगित गरिएको हो । संसद्को हिजोको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यसूची थियो ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *