Tuesday , 17 October 2017
Home / देश / हेटौंडा उपमहानगरपालिकामा एमालेको जित करिब पक्का

हेटौंडा उपमहानगरपालिकामा एमालेको जित करिब पक्का

९ जेठ,२०७४ / खगेन्द्र खरेल
देश भरिका १२ उपमहानगरपालिका मध्ये पहिलो चरणमा निर्वाचन भएको एक मात्र उपमहानगरपालिकामा एमालेको जित निश्चित भएको छ । हेटौंडा उपमहानगरपालिकामा एमाले जित नजिक पुगेको छ ।

उपमेयरकी एमाले उम्मेदवार मीना लामा विजयी भै सक्नु भएको भने मेयरका उम्मेदवार हरिबहादुर महत पनि जितनजिक पुग्नु भएको छ । उपमेयरमा लामा विजयी भएको औपचारिक घोषणा हुन भने बाँकी छ ।

अहिले ११ नम्बर वडाको मतगणना चलिरहेको छ । जम्मा ९३६ मत गन्न बाँकी हुँदा मेयरका एमाले उम्मेदवार महतले ५९२ मतको अग्रता लिनु भएको छ । महतको २२ हजार ६ सय ८८ मत छ भने उहाका निकटतम प्रतिद्वन्द्वी कांग्रेस–माओवादीका साझा उम्मेदवार आनन्दराम पराजुलीले २२ हजार ९६ मत ल्याउनु भएको छ।

मतगणना अन्तिम चरणमा पुग्दा एमालेले विजय जुलुस निकाल्ने तयारी गरेको छ । मतगणनास्थल वरपर एमाले नेता–कार्यकर्ताको भीड लागेको छ । मेयरका उम्मेदवार महत र उपमेयर लामालाई लाई सबैले बधाई दिइरहेका छन् ।

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *