Tuesday , 19 September 2017
Home / देश / नया बन्ने सरकारमा सहभागी नहुने राजपा नेपालको निर्णय

नया बन्ने सरकारमा सहभागी नहुने राजपा नेपालको निर्णय

११ जेठ,२०७४ / खगेन्द्र खरेल
राष्ट्रिय जनता पार्टी नेपालले अब बन्ने नयाँ सरकारमा सहभागी नहुने स्पष्ट पारेको छ । बिहीबार बसेको पार्टीको अध्यक्ष मण्डलको बैठकले सरकारमा जाने सोच समेत बनाउने परिस्थिति नरहेको निष्कर्ष निकालेको हो ।

प्रधानमन्त्री प्रचण्डले बुधबार राजीनामा दिए पछि अब नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार गठन गर्ने तयारी हुदै छ।

राष्ट्रिय जनता पार्टीले मधेसको मागलाई सम्बोधन गर्न आन्दोलनलाई जोड दिएर अघि बढने निर्णय समेत गरेको छ । दोस्रो चरणको स्थानीय तहको निर्वाचनमा भाग लिने वा नलिने भन्ने विषयमा पनि आन्तरिक छलफल भइरहेको एक शिर्ष नेताले जानकारी दिनु भयो ।

राजकिशोर यादव लगायतका केही नेताहरुले निर्वाचनमा जाने अवस्था अझै नरहेको दाबी गर्दै आएका छन तर महन्थ ठाकुर लगायतका नेताहरुले भने कतिपय माग सम्बोधन भएकाले निर्वाचनमा जान सकिने धारणा राख्दै आएका छन् ।

एक-दुई दिन भित्र निर्वाचनमा जाने कि नजाने भन्ने विषयमा ठोस धारणा तय गर्ने राष्ट्रिय जनता पार्टी, नेपालले जनाएको छ ।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *