Thursday , 19 October 2017
Home / देश / भारतीय प्रधानमन्त्री मोदीद्वारा प्रधानमन्त्री दाहाललाई टेलिफोन, स्थानीय चुनाव सफल भएको भन्दै बधाई

भारतीय प्रधानमन्त्री मोदीद्वारा प्रधानमन्त्री दाहाललाई टेलिफोन, स्थानीय चुनाव सफल भएको भन्दै बधाई

११ जेठ,२०७४ / खगेन्द्र खरेल
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालमा स्थानीय चुनाव सफल भएको भन्दै प्रसंशा गर्नु भएको छ । भारतीय प्रधानमन्त्री मोदीले प्रधानमन्त्री प्रचण्डलाई टेलिफोन गरेर स्थानीय निर्वाचन गर्न सफल भएको भन्दै बधार्इ समेत दिनु भएको छ।

विहीबार साँझ फोन गर्नु भएका भारतीय प्रधानमन्त्री मोदीले देशलाई स्थानीय तहको निर्वाचनमा लैजान सफल भएको भन्दै बधाइ दिनु भएको हो । उहाले अब नेपाल शान्ति र स्थायित्वको बाटोमा अघि बढ्ने विश्वाससमेत व्यक्त गर्नु भयो।

भारतले नेपालमा निर्वाचन चाहेको छैन भनेर कतिपयले आशंका गरिरहेकै बेला भारतीय प्रधानमन्त्री मोदीले पहिलो चरणको निर्वाचन सम्पन्न भएकोमा खुशी व्यक्त गर्नु भयो । मधेसी मोर्चाको आन्दोलनलाई समर्थन गर्दै आएका केही विश्लेषकहरुले संविधान संशोधन नभइकन गरिने स्थानीय चुनावलाई भारतले समर्थन नगर्ने दाबी गरिरहेका थिए ।

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *