Tuesday , 19 September 2017
Home / खेलकुद / म्यानचेस्टर युनाइटेडलाइ पहिलो पटक युरोपा लिगको उपाधि

म्यानचेस्टर युनाइटेडलाइ पहिलो पटक युरोपा लिगको उपाधि

११ जेठ,२०७४ / खगेन्द्र खरेल
इङ्लिस क्लब म्यानचेस्टर युनाइटेडले पोर्चुगिज प्रशिक्षक जोसे माउरिन्होको प्रशिक्षणमा पहिलो पटक युरोपा लिगको ऐतिहासिक उपाधि जितेको छ। स्विडेनको फ्रेन्ड्स एरेना,स्टोकहोल्ममा बिहिबार बिहान सम्पन्न फाइनलमा नेदरल्याण्डको क्लब आजाक्सलाइ २–० गोलले पराजित गर्ने क्रममा म्यानचेस्टरले पहिलो पल्ट युरोपा लिगको उपाधि जितेको हो।

यसै वर्ष माउरिन्होलाई प्रशिक्षकको रुपमा भित्र्याएको म्यानचेस्टरले घरेलु लिगमा खराब प्रदर्शन गरेको थियो र क्लब छैटौं स्थानमा रहदै आगामी युरोपा लिग र च्याम्पियन्स लिगबाट बाहिरिने खतरा बढेको थियो । युरोपको सर्बाधिक प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगमा प्रवेश गर्ने सम्भावना लगभग समाप्त भएपछि माउरिन्होले युरोपा लिगलाई बढि महत्व दिएका थिए। उनको त्यो सुझबुझ फाइनल खेलमा निकै काम लाग्यो। आयाक्सलाई पराजित गरेपछि म्यानचेस्टर युरोपा लिगको विजेता बन्दै आगामी सत्रको च्याम्पियन्स लिगको समूह चरणमा सिधै प्रवेश गरेको छ।

म्यानचेस्टरको जितलाई सुनिश्चित पार्न पाउल पोग्बा र हेनरिख मखिटारियनले निर्णायक गोल गरे। पोग्बाले १८औ तथा मखिटारियनले ४८औ मिनटमा गोल गरेका थिए ।

Check Also

म्यानचेस्टर सिटी प्रिमियर लिगको शिर्ष स्थानमा उक्लियो, लिभरपुल र बर्नले बराबरीमा

१ असोज / खगेन्द्र खरेल इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शनिबार भएको खेलमा उत्कृष्ट प्रदर्शन गर्दै ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *