Tuesday , 19 September 2017
Home / देश / सरकारले आज राष्ट्रपति मार्फत नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

सरकारले आज राष्ट्रपति मार्फत नीति तथा कार्यक्रम प्रस्तुत गर्ने

११ जेठ,२०७४ / खगेन्द्र खरेल
सरकारले आफ्ना नीति तथा कार्यक्रम आज बिहीबार सार्वजनिक गर्ने भएको छ । बजेट पूर्व नीति तथा कार्यक्रम सार्वजनिक गर्ने परम्परा अनुसार राष्ट्रपति मार्फत सरकारले नीति तथा कार्यक्रम सार्वजनिक गर्न लागेको हो ।

व्यवस्थापिका संसद्को बिहीबार दिउँसो ४ बजे बस्ने बैठकमा राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुनेछ।

सरकारले यसपटक नयाँ कार्यक्रम नल्याएर पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता दिन लागेको छ । एमाले लगायत प्रतिपक्ष दल र निर्वाचन आयोगले नयाँ नीति तथा कार्यक्रम नल्याउन सुझाव दिएपछि सरकारले पुरानै नीति तथा कार्यक्रमलाई निरन्तरता दिन लागेको हो ।

सरकारले पुरानै नीति तथा कार्यक्रम ल्याउन लागेपछि स्थानीय तह थपको विरोधमा संसद् अवरुद्ध गर्दै आइरहेको एमालेले कुनै प्रतिक्रिया जनाएको छैन।

पुरानै कार्यक्रमलाई निरन्तरता दिइए पनि संघीय संरचनामा ढालेर पहिलोपटक नीति तथा कार्यक्रम सार्वजनिक गर्ने सरकारी तयारी छ । नीति तथा कार्यक्रममा संघीय संरचना अनुसार केन्द्र, प्रदेश र स्थानीय तहका योजना र प्राथमिकता तोकिएका छन् ।

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *