Sunday , 22 October 2017
Home / देश / संसदको अवरोध हटेपछि नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपतिलाई दियो धन्यवाद

संसदको अवरोध हटेपछि नीति तथा कार्यक्रम प्रस्तुत गरेकोमा राष्ट्रपतिलाई दियो धन्यवाद

१३ जेठ,२०७४ / खगेन्द्र खरेल
तीन दलबीच सहमति जुटेपछि व्यवस्थापिका संसदको अवरोध हटेको छ । सर्वोच्चको आन्तरिम आदेशअनुसार स्थानीय तहको संख्या बढाउने निर्णय कार्यान्वयन नगर्न सरकार सहमत भएपछि प्रमुख विपक्षी नेकपा एमाले संसद सुचारु गर्न सहमत भएको हो ।

दलहरुबीच सहमति जुटेपछि शनिबार बसेको संसदको पहिलो बैठकले सरकारको नीति तथा कार्यक्रम पेश गरेकोमा राष्ट्रपति विद्या भण्डारीलाई धन्यवाद दिएको छ । राष्ट्रपति भण्डारीले बिहीबार संसदमा उपस्थित भएर सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो ।

लगातार दुई दिन संसद अवरुद्ध भएको थियो । शुक्रबार सर्वोच्चले स्थानीय तहको संख्या बृद्धि गर्ने निर्णय कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएपछि दलहरुलाई सहमतिका लागि सजिलो भएको छ । सरकारको नीति तथा कार्यक्रममाथि छलफलका लागि सभामुख ओनसरी घर्ती मगरले भोलि र पर्सिको समय तोक्नु भएको छ।

सत्तापक्ष र प्रमुख प्रतिपक्षबीच शनिबार विहान सिहदरबारमा भएको सहमति पछि एमालेले जारी राखेको व्यवस्थापिका संसदको अवरोध हटेको हो। सहमति अनुसार अब सत्तापक्षले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्ताव फिर्ता लिनेछ।

बैठकमा प्रधानमन्त्री प्रचण्ड, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी ओली सहभागी थिए । त्यस्तै तीनै दलका शीर्षस्थ नेताहरुमध्ये कांग्रेसका रामचन्द्र पौडेल, बिमलेन्द्र निधी र कृष्ण सिटौला थिए भने एमालेका माधव नेपाल र सुवास नेम्वाङ अनि माओवादीका नारायणकाजी श्रेष्ठ पनि सहभागी भए । तीनै दलका प्रमुख सचेतकहरुलाई पनि बैठकमा राखिएको थियो ।

बैठकमा राष्ट्रिय जनता पार्टीले आन्दोलन घोषणा गरेको अवस्थामा उसका माग सम्बोधनको बारेमा पनि छलफल भएको थियो । बैठकमा सहभागी एक नेताका अनुसार राजपाको मुख्य चासो निर्वाचन आयोगमा दल दर्ता र चुनाव चिन्ह पाउनुपर्नेमा देखिएकाले सकेसम्म सहजीकरण गर्नसघाउने आश्वासन एमालेले दिएको छ ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *