Tuesday , 17 October 2017
Home / देश / साझा पार्टीको प्रवक्तामा डा. आचार्य नियुक्त

साझा पार्टीको प्रवक्तामा डा. आचार्य नियुक्त

१३ जेठ,२०७४ / खगेन्द्र खरेल
साझा पार्टीले केन्द्रीय संयोजन समितिका सदस्य डा. सूर्यराज आचार्यलाई प्रवक्ता तोकेको छ । चितवनका डा. सूर्यराज आचार्य सार्वजनिक नीति तथा पूर्वाधार विज्ञ मानिनु हुन्छ । थाइलण्डको एशियन इन्स्टिच्युट अफ टेक्नोलजि (एआइटी) बाट स्रोत व्यवस्थापनमा स्नातकोत्तर गरेका डा. आचार्यले जापानको टोकियो विश्वविद्यालयबाट ‘पूर्वाधार र क्षेत्रीय विकासमा’ विद्यावारिधि गर्नु भएको छ ।

चार वर्षअघि नेपाल फर्किनु अगाडि उहा जापानको भौतिक पूर्वाधार मन्त्रालयसँग संम्वद्ध ‘पोलिसि थिङ्क ट्याङ्क’ मा वरिष्ठ अनुसन्धानकर्ता र टोकियो विश्वविद्यालयमा अतिथि प्राध्यापकका रूपमा कार्यरत हुनुहुन्थ्यो।

पेशागत जीवनको सुरुमा नेपाल सरकार र संयुक्त राष्ट्रसंघको कार्यानुभव संगालेका आचार्यका दर्जनौं शोधपत्र प्रकाशित छन्। उहाका शोधपत्रहरु अन्तर्राष्ट्रिय प्राज्ञिक सम्मेलनमा पुरस्कृत भएका छन् ।

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *