Tuesday , 19 September 2017
Home / देश / स्थानीय निर्वाचन धाँधली छानबिन गर्न संसदीय विशेष समिति गठन

स्थानीय निर्वाचन धाँधली छानबिन गर्न संसदीय विशेष समिति गठन

१३ जेठ,२०७४ / खगेन्द्र खरेल
स्थानीय तह निर्वाचनमा भएको भनिएको धाँधली छानबिनका लागि संसदीय विशेष समिति गठन भएको छ । शनिबार बसेको संसद्को दोस्रो बैठकले पाँच सदस्यीय स्थानीय तह निर्वाचनसम्बन्धी छानबिन विशेष समिति गठन प्रस्ताव सर्वसम्मत पारित गरेको हो । समिति सदस्यहरुमा अर्जुनप्रसाद जोशी, राजेन्द्रप्रसाद पाण्डे, रामनारायण विडारी, रमेशकुमार लामा र सुबोधकुमार पोखरेल रहेका छन् ।

माओवादी केन्द्र संसदीय दलका प्रमुख सचेतक टेकबहादुर बस्नेतले राखेको छानबिन समिति गठन प्रस्तावमा कांग्रेसका चिनकाजी श्रेष्ठ र एमालेका भानुभक्त ढकालले समर्थन जनाएकका थिए । त्यसपछि सभामुख घर्तीले निर्णयार्थ प्रस्तुत गर्नु भएको थियो ।

 

Check Also

प्रदेश न २ मा ७३ प्रतिशत मत खस्यो, पाँच दिनभित्र सम्पूर्ण मतपरिणाम, ३८ नक्कली मतदाता पक्राउ’

  २ असोज / खगेन्द्र खरेल निर्वाचन आयोगले प्रदेश नम्बर–२ मा सोमबार भएको स्थानीय तहको ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *