Tuesday , 17 October 2017
Home / देश / अब शेयर भर्ने सबैले कम्तिमा १० कित्ता शेयर पाउने

अब शेयर भर्ने सबैले कम्तिमा १० कित्ता शेयर पाउने

१४ जेठ,२०७४
प्राथमिक शेयर निष्काशन अर्थात आइपिओमा आवेदन दिने सबै लगानीकर्ताले अब शेयर पाउने भएका छन् । धितोपत्र बोर्डले शेयर बजारमा संरचनात्मक सुधारका लागि धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ जारी गर्दै सबै आवेदकलाई कम्तीमा १० कित्ता वा १० को गुणनमा शेयर बाँडफाड गर्ने व्यवस्था गरेको हो ।

सबै आवेदकलाई १० कित्ता शेयर नपुग्ने स्थिति आएमा भने गोलाप्रथाबाट शेयर बाँडफाँड हुने छ । यो नयाँ व्यवस्थाले साना लगानीकर्तालाई फाइदा पुग्ने छ ।

यस्तै अब व्यक्तिले मात्र आइपिओमा आवेदन दिन पाउनेछन् । यसअघि वित्तीय संस्था तथा बीमा कम्पनीले पनि आइपिओमा आवेदन दिन पाउने व्यवस्था थियो । यस्तै अहिले १ सय रुपैयाँकै आइपिओ जारी गर्नुपर्ने बाध्यात्मक व्यवस्था पनि हटाइएको छ ।

रियल सेक्टरलाई पनि पुँजी बजारमा भित्राउने लक्ष्यका साथ बोर्डले नयाँ निर्देशिकामार्फत प्रिमियम रकम थपेर आइपिओ निष्काशन गर्ने बाटो पनि खोलेको छ । नयाँ व्यवस्थाले रियल सेक्टरलाई पनि पब्लिक कम्पनीका रुपमा स्थापित हुन सहयोग पुग्ने बोर्डले जनाएको छ ।

यस्तै आइपिओमा आवेदन बन्द भएको २० दिनमा शेयरको बाँडफाँड गरिसक्नु पर्ने र २ महिनाभित्र शेयर बजारमा सूचिकृत गरिसक्नु पर्ने व्यवस्था पनि गरिएको छ । यसअघि आइपिओ सूचिकृत हुन ६ महिनासम्म समय लाग्ने गरेको थियो ।

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *