Thursday , 19 October 2017
Home / देश / काठमाडौं महानगरपालिकाको मेयरमा एमाले र उपमेयरमा कांग्रेस बिजयी

काठमाडौं महानगरपालिकाको मेयरमा एमाले र उपमेयरमा कांग्रेस बिजयी

१४ जेठ,२०७४ / खगेन्द्र खरेल।
काठमाडौं महानगरपालिकाको मेयरमा एमालेका विद्यासुन्दर शाक्य र उप मेयरमा नेपाली कांग्रेसकी हरीप्रभा खड्गी निर्बाचित हुनुभएको छ। घोषित परिणाम अनुसार कांग्रेसका राजुराज जोशीलाई १९ हजारभन्दा बढी मतले हराउँदै शाक्य निर्वाचित हुनु भएको हो । उहाले ६४ हजार ९ सय १३ मत पाउनु भयो भने जोशीले ४५ हजार २ सय ६९ मत पाउनु भयो ।

मेयरमा प्रतिस्पर्धी विवेकशील नेपाली दलकी रञ्जु दर्शना न्यौपानेले २३ हजार ४ सय ३९ मत र साझा पार्टीका किशोर थापाले १८ हजार ४ सय ९२ मत प्राप्त गर्नु भएको छ। चौथो स्थानमा रहेका माओवादी केन्द्रका सर्वोत्तम डंगोलले ७ हजार ९ सय ६ मत ल्याउनु भयो।

उपमेयरमा भने कांग्रेसकी हरिप्रभा खड्गी निर्वाचित हुनु भएको छ । एमालेको समर्थनमा उम्मेदवार भएका राप्रपाका राजाराम श्रेष्ठलाई भारी मतले हराउँदै खड्गी निर्वाचित हुनु भएको छ । उपमेयर निर्वाचित खड्गीले ५८ हजार ९ सय ५२ मत पाउदा राप्रपाका श्रेष्ठले ३४ हजार ८ सय ५४ तथा साझा पार्टीका निरुपमा यादवले ११ हजार ५ सय ३३ र माओवादी केन्द्रका सुशीला पौडेलले १० हजार ४ सय ४८ मत पाउनु भएको छ।

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *