Sunday , 24 September 2017
Home / देश / मरणोपरान्त वीपी कोइरालालाई नेपाल रत्न पदक प्रदान गर्ने सरकारको निर्णय

मरणोपरान्त वीपी कोइरालालाई नेपाल रत्न पदक प्रदान गर्ने सरकारको निर्णय

१४ जेठ,२०७४ / खगेन्द्र खरेल
सरकारले प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय वीपी कोइरालालाई मरणोपरान्त नेपाल रत्न मानपदवी प्रदान गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषदको आइतबार बसेको बैठकमा नेपाली कांग्रेसका संस्थापक नेता एवं जननिर्वाचित प्रधानमन्त्री कोइरालालाई यो पदक प्रदान गर्ने निर्णय गरेको हो ।

नेपाल रत्न मानपदवी नेपाल सरकारले प्रदान गर्ने सबैभन्दा ठूलो पदक हो । गत वर्ष नेकपा एमालेका तत्कालीन महासचिव मदन भण्डारीलाई मरणोपरान्त नेपाल रत्न पदक प्रदान गरिएको थियो ।

त्यस्तै महेन्द्र नारायण नीधिलाई राष्ट्रिय गौरव मरणोपरान्त पदकले सम्मान गर्न निर्णय गरेको सरकारका प्रवक्ता एवं सूचना तथा सञ्चार मन्त्री सुरेन्द्र कुमार कार्कीले जानकारी दिनु भयो।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *