Thursday , 19 October 2017
Home / देश / ४ वर्ष मै निर्माण लक्ष्य सहित प्रधानमन्त्रीद्वारा काठमाडौं–निजगढ फास्ट ट्र्याक शिलान्यास

४ वर्ष मै निर्माण लक्ष्य सहित प्रधानमन्त्रीद्वारा काठमाडौं–निजगढ फास्ट ट्र्याक शिलान्यास

१४ जेठ,२०७४ / खगेन्द्र खरेल।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौं–निजगढ फास्ट ट्र्याकको शिलान्यास गर्नु भएको छ। बाराको निजगढमा आइतबार बिहान आयोजित एक समारोहबीच प्रधानमन्त्री प्रचण्डले फास्ट ट्र्याकको औपचारिक शिलान्यास गर्नु भएको हो। उक्त अवसरमा प्रधानमन्त्री प्रचण्डले काठमाडौं र तराईबीचको दूरी घटेको बताउनु भयो।

७६ किलोमिटर लामो फास्ट ट्र्याक निर्माणको जिम्मा सरकारले नेपाली सेनालाई दिएको छ । यो द्रुत मार्गलाई ४ वर्षभित्र निर्माण सक्ने लक्ष्य राखिएको छ ।

सेनाले फास्ट ट्याक निर्माणलाई १० क्षेत्रमा विभाजन गरेर निर्माण गर्न लागेको जानकारी शिलान्यास कार्यक्रममा दिइयो । सेनाले अन्तर्राष्टिय परामर्श दाता नियुक्त गरेर यसका लागि आवश्यक उच्चस्तरीय दक्ष जनशक्ति प्रवन्ध गर्ने तयारी गरेको छ ।

खोकना, चाल्नाखेल, मकवानपुरको इपा, गढी, छतिवन र लालगाउँ हुँदै बाराको निजगढ जोडिने फास्ट ट्याक काठमाडौंबाट १ घन्टामा पुग्न सकिने बताइएको छ ।

Check Also

सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार,निर्वाचन कार्यतालिकामा कुनै फरक नपर्ने,चुनाव सर्ने आशंका टर्‍यो

कात्तिक १ / खगेन्द्र खरेल सर्वोच्च अदालतले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि अलगअलग मतपत्र हुनुपर्ने ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *