Monday , 25 September 2017
Home / देश / आउँदो आर्थिक वर्षको बजेट आज

आउँदो आर्थिक वर्षको बजेट आज

१५ जेठ,२०७४ / खगेन्द्र खरेल
आगामी आर्थिक वर्षको राजस्व र व्ययको विवरण अर्थात बजेट आज संसदमा पेश हुँदैछ । दिउँसो चार बजे अर्थमन्त्री कृष्णबहादुर महराले संसदमा बजेट पेश गर्नुहुनेछ ।

अर्थ मन्त्रालयले १२ खर्ब ८० अर्बको सीमाभित्र रहेर तयार पारेको बजेट अर्थमन्त्री महराले संसद बैठकमा पेश गर्नुहुनेछ । राष्ट्रिय योजना आयोगले सुरुमा १२ खर्ब ६ अर्बको बजेटको सीमा तोकेकोमा पछि फेरि सीमा बढाएर १२ खर्ब ८० अर्ब बनाएको हो । दुई चरणको स्थानीय तहको निर्वाचनका बीचमा आचारसंहिता समेत लाग्ने भएकाले पुरानै कार्यक्रम ल्याउने प्रतिबद्धता जनाएको सरकारले बजेटको आकार चालु आर्थिक वर्षभन्दा २ खर्ब रुपैयाँ बढीको हुनेछ । चालु वर्षको बजेट १० खर्ब ४८ अर्ब रुपैयाँको छ ।

जेठ १५ गते बजेट पेश गर्ने संवैधानिक व्यवस्था रहे अनुसार अर्थमन्त्रीले पेश गर्न लाग्नुभएको हो । बजेटले संविधान कार्यान्वयन, चुनाव, ऊर्जा, पूर्वाधार, कृषि विकास, शिक्षा, स्वास्थ्य, गरिबी निवारणलगायत विषयलाई उच्च प्राथमिकतमा राखेको बजेटमा संलग्न पदाधिकारीले बताएका छन् । सरकारले ठूला पूर्वाधार र स्थानीय तहलाई पर्याप्त बजेट विनियोजन गरिएको छ ।

काठमाडौं–तराई दु्रतमार्ग, मध्यपहाडी लोकमार्ग, हुलाकी राजमार्ग पूर्व–पश्चिम रेलमार्ग, र शहर निर्माणमा ठूलो रकम विनियोजन गरिएको छ । श्रोतका अनुसार सरकारले स्थानीय तहमा गाउँपालिकाका लागि ५ करोडदेखि ६० करोडसम्म र नगरपालिकामा १५ करोडदेखि २ अर्बसम्म बजेट विनियोजन गरिने छ ।

 

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *