Monday , 25 September 2017
Home / देश / दोस्रो चरणको निर्वाचन सर्‍यो, असार ९ गते निर्वाचन गर्ने सरकारको निर्णय

दोस्रो चरणको निर्वाचन सर्‍यो, असार ९ गते निर्वाचन गर्ने सरकारको निर्णय

१५ जेठ २०७४ / खगेन्द्र खरेल
सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचन ९ दिन पर सारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा सोमबार दिउँसो बसेको मन्त्रिपरिषद बैठकले दोस्रो चरणको स्थानीय तह निर्वाचन असार ९ गते गर्ने निर्णय गरेको हो । यसले उम्मेदवारी दर्ता लगायतका सबै प्रक्रिया हेरफेर हुनेछ ।

सरकारले यसअघि दोस्रो चरणको स्थानीय तह निर्वाचन जेठ ३१ गते गर्ने निर्णय गरेको थियो । दोस्रो चरणमा ४६१ स्थानीय तहमा निर्वाचन हुनेछ । पहिलो चरणमा २ ८३ स्थानीय तहमा निर्वाचन सम्पन्न भइसकेको छ ।

मधेसकेन्द्रित दल राष्ट्रिय जनता पार्टी नेपाललाई निर्वाचनमा सहभागी गराउने प्रयासस्वरुप सरकारले दोस्रो चरणको स्थानीय तह निर्वाचन सारेको हो ।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *