Sunday , 22 October 2017
Home / देश / भरतपुरको १९ नम्बर वडामा पुनः मतदान गर्न कांग्रेसको माग

भरतपुरको १९ नम्बर वडामा पुनः मतदान गर्न कांग्रेसको माग

१५ जेठ,२०७४ / खगेन्द्र खरेल
नेपाली कांग्रेस चितवनले भरतपुर महानगरपालिका वडानम्बर १९ मा पुनः मतदान गर्न माग गरेको छ । मतपरिणामलाई असर पर्ने गरी मतपत्र च्यातिएकाले पुनः मतदान गर्नुपर्ने कांग्रेसको माग छ ।

कांग्रेस चितवनका सभापति जितनारायण श्रेष्ठले सोमबार बिज्ञप्ति निकालेर पुनः मतदान गर्न माग गर्नु भएको हो। माओवादी केन्द्रले पनि वडानम्बर १९ मा पुनः मतदान गर्न माग गरेको छ ।

वडानम्बर १९ मा आफ्ना उम्मेदवारको जित सुनश्चित भइसकेको समयमा मतपत्र च्यातिएको घटनाको कांग्रेसले खेद व्यक्त गरेको छ । माओवादी केन्द्रसँग तालमेल गरेर चुनाव लडेको कांग्रेसले मतपत्र च्यात्ने को हो भनेर किटान गरेको त छैन तर सत्यतथ्य पत्ता लगाएर दोषीलाई कारबाही गर्न माग गरेको छ ।

निर्वाचन आयोगलाई मतगणना प्रकृयालाई व्यवस्थित गर्न पटक-पटक आग्रह गर्दासमेत व्यवस्थित नगरिएको कारण उक्त घटना हुन पुगेको कांग्रेसको ठहर छ ।

एमालेले भने गए राति देखि स्थगित भएको भरतपुर महानगरपालिकाको मतगणना सुचारु गर्न माग गरेको छ । माओवादी कार्यकर्ताले मतपत्र च्यातेपछि तनाव उत्तपन्न भइ रोकिएको मतगणना कार्यलाई तत्काल सुचारु गर्न जोडदार माग गर्दै एमालेले घटनाका दोषीलाई कारबाहीको माग गरेको छ ।

भरतपुरमा सोमबार एमाले जिल्ला कमिटी चितवनले बिहान पत्रकार सम्मेलन गर्दै आफ्नो पार्टीका उम्मेदवार देवी ज्ञवालीले जित्नै लाग्दा एमाओवादी केन्द्रका कार्यकर्ताले धाँधली गरेर मतगणना प्रभावित पार्न खोजेको आरोप लगाएको छ ।

Check Also

डोटीमा बस दुर्घटना, ‘तीनजनाको मृत्यु, १० घाइते’

कात्तिक २ / खगेन्द्र खरेल डोटीको बड्डीकेदार गाउँपालिका–२ खड्यौलीमा बिहीबार एक यात्रीबहाक बस दुर्घटना हुँदा ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *