Tuesday , 17 October 2017
Home / देश / १० औं गणतन्त्र दिवसका अवसरमा शिर्ष नेतृत्वद्वारा शुभकामना

१० औं गणतन्त्र दिवसका अवसरमा शिर्ष नेतृत्वद्वारा शुभकामना

१५ जेठ,२०७४ / खगेन्द्र खरेल
राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री पुष्पकमल दाहाललगायत विभिन्न राजनीतिक दलका नेताहरुले १० औं गणतन्त्र दिवसका अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
राष्ट्रपति भण्डारीले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, सुशासन र समृद्ध राष्ट्र निर्माणमा एकजुट हुने प्रेरणा प्रदान गर्न सकोस् भन्ने कामना गर्नु भएको छ।

राष्ट्रपतिले आफ्नो सन्देशमा सार्वभौमसत्ता पूर्णरुपमा जनतामा निहित रही जननिर्वाचित प्रतिनिधिबाट शासन र सरकार सञ्चालन हुने संसारकै लोकप्रिय तथा सुन्दर पद्धतिको रुपमा रहेको लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था हाम्रो शासन प्रणालीका रुपमा मात्र नभै जीवनपद्धतिका रुपमा स्थापित र संस्थागत हुन जरुरी रहेको उल्लेख गर्नु भएको छ।

यसैगरी उपराष्ट्रपति नन्दबहादुर पुनले गणतन्त्र दिवसका अवसरमा शुभकामन सन्देश जारी गर्दै संविधानको पूर्ण कार्यान्वयन, समृद्ध राष्ट्र निर्माण तथा भौगोलिक अखण्डता, सार्वभौमिकता, स्वाधीनता र राष्ट्रिय एकतालाई अझै सुदृढ गर्दै देशको प्रगतिका लागि सबै राजनीतिक दलबीच सहमति र सहकार्यको अर्को विकल्प नभएको बताउनु भएको छ।

त्यस्तै प्रधानमन्त्री पुष्पकमल दाहालले गणतन्त्र दिवस अवसरमा सम्पूर्ण नेपालीको सुख, शान्ति, समृद्धि र निरन्तर प्रगतिको कामना गर्नु भएको छ। उहाले जनताको संघर्ष र बीरतापूर्ण बलिदानबाट प्राप्त समावेशी संघीय लोकतान्त्रिक संविधानको कार्यान्वयनको एक खुट्किलोस्वरुप भर्खरै स्थानीय तहको पहिलो चरणको निर्वाचन सफलतापूर्वक सम्पन्न भइसकेको र दोस्रो चरणको निर्वाचन पनि उल्लासमय रुपमा हुने विश्वास व्यक्त गर्नु भएको छ।

कांग्रेस सभापति शेर बहादुर देउवाले संविधानको कार्यान्वयन र संस्थागत गर्दै संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको संस्थागत स्थायित्व कायम गरी मुलुकलाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउँदै लोकतान्त्रिक संस्कार, संस्कृति, मूल्य र मान्यतामा आधारित समतामूलक समाजको निर्माण गर्न यो गणतन्त्र दिवसले हामी सबैलाई प्रेरणा प्रदान गर्ने विश्वास लिएको उल्लेख गर्नु भएको छ ।

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *