Tuesday , 17 October 2017
Home / देश / माग पूरा गर्न सरकारलाई ८ दिने म्याद सहित संघीय गठवन्धनको आमहड्ताल स्थगित

माग पूरा गर्न सरकारलाई ८ दिने म्याद सहित संघीय गठवन्धनको आमहड्ताल स्थगित

१८ जेठ,२०७४ / खगेन्द्र खरेल
राष्ट्रिय जनता पार्टी नेपाल सम्मिलित संघीय गठवन्धनले माग पूरा गर्न सरकारलाई ८ दिने म्याद दिदै अहिले लाइ आमहड्ताल स्थगित गरेको छ । त्यसका लागि उसले  मुद्दा फिर्ता, स्थानीय तहको संख्या बृद्धि लगायतको माग पूरा हुनुपर्ने शर्त राखेको छ। सरकारले स्थानीय तहको चुनाव असार १४ लाई सारेकै दिन गठवन्धनले विहीबार र शुक्रबारका लागि घोषित बन्द फिर्ता लिएको हो ।

गठवन्धनले उम्मेदवारी दर्तालाई लक्षित गर्दै भोलि र पर्सि तराई मधेस-थरुहट र लिम्बुवानमा आमहड्ताल गर्ने घोषणा गरेको थियो । तर, चुनावसँगै उम्मेदवारी दर्ता पनि सरेको छ ।

चुनावमा भाग लिन राजपालाई दबाव बढ्दो छ । बुधबार विहान बसेको राजपा नेपालको बैठकले आम हड्तालसहितका आन्दोलन स्थगित गर्ने निर्णय गर्‍यो, जसलाई संघीय गठवन्धनले अनुमोदन गरेको छ । र, यसलाई निर्वाचनमा आउने सम्भावनाका रुपमा हेरिएको छ ।

बन्दको कार्यक्रम फिर्ता लिए पनि गठबन्धनको बैठकले दबामूलक कार्यक्रम भने अघि सारेको छ । उसले २४ गते हरेक स्थानीय तहको एक ठाउँमा विरोध सभा गर्ने र २५ गते मधेस, थरुहट र लिम्बुवानमा २ घन्टा चक्काजाम गर्ने निर्णय गरेको छ ।

संघीय गठवन्धनले यो अवधिभित्र संविधान संशोधन, मुद्दा फिर्ता र जनसंख्याको अनुपातमा स्थानीय तहको संख्या बृद्धि गर्न माग गरेको छ । अन्यथा आन्दोलनका कडा कार्यक्रम ल्याउने चेतावनी दिएको छ ।

Check Also

कांग्रेस र फोरम लोकतान्त्रिकबीच पार्टी एकता भएरै छाड्यो (सहमति पत्रसहित)

  असोज ३० / खगेन्द्र खरेल नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमबीच आज पार्टी एकीकरण ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *