Monday , 25 September 2017
Home / देश / नेपाली कांग्रेस झापाले सबै उम्मेदवार टुंगो लगायो ( नाम सहित )

नेपाली कांग्रेस झापाले सबै उम्मेदवार टुंगो लगायो ( नाम सहित )

१८ जेठ,२०७४ / खगेन्द्र खरेल
लामो रस्साकस्सी  पछि नेपाली कांग्रेसले झापाका लगभग सबै स्थानीय तहका लागि उम्मेद्वार चयन गरेको छ । यसअघि ९ वटा स्थानीय तहका लागि मात्र उम्मेद्वार चयन गरेको झापा कांग्रेसले बाँकी तहका उम्मेद्वार छान्ने जिम्मा केन्द्रीय समितिलाई दिएको थियो ।

बुधबार राति केन्द्रीय समितिको बैठकले झापाका करिब सबै उम्मेद्वारको टुङ्गो लगाएकोजनाएको छ । काङ्ग्रेसले मेचीनगर नगरपालिकाको प्रमुख पदका लागि काँकडभिट्टाका विमल आचार्यलाई उम्मेद्वार बनाउने भएको छ । उपप्रमुख पदका लागि दुर्गादेवी खतिवडाको नाम टुङ्गो लगाइएको छ ।

बिर्तामोड नगरपालिकाका लागि काङ्ग्रेसले जलकुमार गुरुङलाई प्रमुख र पार्वता गिरीलाई उपप्रमुखको  उम्मेद्वार बनाएको छ । अर्जुनधारा नगरपालिकामा हेमराज खरेललाई प्रमुखको  टिकट दिएको काङ्ग्रेसले सरस्वती सिटौला गोलेलाई उपप्रमुखको  उम्मेद्वार बनाएको छ ।

भद्रपुर नगरपालिमा गणेश पोखरेलले प्रमुख तथा तारादेवी भुर्तेलले उपप्रमुखको  टिकट पाएका छन् । कनकाई नगरपालिकामा एकराज उप्रेतीलाई प्रमुखको टिकट दिने निर्णय गरेको काङ्ग्रेसले कविता बस्नेतलाई उपप्रमुखको उम्मेद्वार बनाएको छ ।

शिवसताक्षी नगरपालिकामा पर्शुराम ढुङ्गानालाई प्रमुखको उम्मेद्वार बनाएको छ ।  जयकुमारी चेम्जोङले उपप्रमुखको टिकट प्राप्त गर्नु भएको छ । गौरादह नगरपालिकामा रोहितकुमार साहलाई प्रमुख र सुमित्रा खरेल ढुङ्गेललाई उपप्रमुखको उम्मेद्वार तोकिएको छ ।

दमक नगरपालिकाका लागि ढुण्डीराज भण्डारी प्रमुखमा  र रेगिना भट्टराई उपप्रमुखमा उठेका छन् । कमल गाउँपालिकाको अध्यक्षमा हुकुमसिंह राई र उपाध्यक्षमा दीपा गौतम उम्मेद्वार बनेका छन् । काङ्ग्रेसले बुद्धशान्ति गाउँपालिकामा रमेश भुजेललाई अध्यक्ष तथा चन्द्रकला भट्टराईलाई उपाध्यक्षको टिकट दिएको छ ।

कचनकवल गाउँपालिकामा कालेन्द्रप्रसाद राजवंशीले अध्यक्षको टिकट पाएका छन् भने गीता ओडारी खरेल उपाध्यक्षकी उम्मेद्वार बन्नु भएको छ । झापा गाउँपालिकाको अध्यक्षमा जयनारायण साह र उपाध्यक्षमा वसुन्धरा थपलियालाई उम्मेद्वार बनाउने कांग्रेसको निर्णय छ ।

त्यसैगरी, हल्दिबारी गाउँपालिका अध्यक्षमा काङ्ग्रेसले दिलीपकुमार मावोलाई टिकट दिएको छ । उपाध्यक्षको टिकट चन्द्रकला राईले पाइन् । गौरीगञ्ज गाउँपालिकामा फूलवती राजवंशीलाई अध्यक्ष र दीपेन्द्र थापालाई उपाध्यक्षको उम्मेद्वार बनाइएको काङ्ग्रेस झापाले जनाएको छ ।

बाह्रदशी गाउँपालिकामा खड्गप्रसाद राजवंशीले अध्यक्ष र रत्ना राजवंशीले उपाध्यक्षको टिकट पाएका छन् ।

कांग्रेस द्वारा जारि नाममा कतिपय स्थानमा ब्यापक रुपमा आन्तरिक बिरोधको सामना गर्नु परिरहेको साथै नतिजामा नकारात्मक असर पर्न सक्ने नाम नबताउने सर्तमा एक जिल्ला नेताले जानकारी दिनु भएको छ । धेरै बिबादित उम्मेदवारमा झापा गाउँपालिका र बारहदशी गाउँपालिकामा उपाध्यक्षको उम्मेदवारको चयन लाइ लिएर स्थानीय कांग्रेसीहरु आक्रोसित भएको बुजिएको छ । त्यस्तै भद्रपुर सुरुङ्गा लगायत स्थानमा बिबादलाई मिलाउने प्रयास भैरहेको बताइएको छ ।

Check Also

नवरात्रको चौथो दिन आज कुष्माण्डा माताको पूजा आराधना गरिंदै

८ असोज / खगेन्द्र खरेल नवरात्रको चौथो दिन आज शक्तिपीठ, देवीमन्दिर तथा घरघरका पूजाकोठाहरुमा देवीभवानी ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *