Sunday , 24 September 2017
Home / देश / बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री छान्न राष्ट्रपतिको आग्रह

बहुमतीय प्रक्रियाबाट प्रधानमन्त्री छान्न राष्ट्रपतिको आग्रह

१८ जेठ,२०७४ / खगेन्द्र खरेल
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबारदेखि बहुमतीय प्रक्रिया अगाडि बढाउन आग्रह गर्नु भएको छ। राष्ट्रपति भण्डारीले जेठ ११ गते नेपालको संविधानको धारा २९८ को उपधारा (२) बमोजिम व्यवस्थापिका–संसद्‍मा प्रतिनिधित्व गर्ने राजनीतिक दलको सहमतिका आधारमा सात दिनभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न गर्न आग्रह गरे पनि सो समयावधिभित्र प्रधानमन्त्रीको निर्वाचन सम्पन्न हुन नसकेपछि बहुमतीय प्रक्रिया सुरु गर्न आज पुनः आग्रह गर्नु भएको हो ।

राष्ट्रपति कार्यालयका प्रवक्ता मोहनप्रसाद वाग्लेले जारी बिहीबार गरेको विज्ञप्तिअनुसार बहुमतीय आधारमा प्रधानमन्त्री चयन गरी निजको अध्यक्षतामा मन्त्रिपरिषद्को गठन गर्नका लागि व्यवस्थापिका–संसद्‍मा प्रतिनिधित्व गर्ने राजनीतिक दललाई अनुरोध गरिएको छ ।

Check Also

वीरगञ्ज महानगरमा संघीय समाजवादी फोरमको अग्रता

  ८ असोज / खगेन्द्र खरेल प्रदेश नम्बर २ को एकमात्र महानगरपालिका वीरगञ्जमा ८४ हजार ...

Leave a Reply

Your email address will not be published. Required fields are marked *